ज्यान मार्ने उद्योगको मुद्धा चलाउने तयारी

दुर्गा प्रसाईलाई ज्यान मार्ने कसुर

ज्यान मार्ने उद्योगको मुद्धा चलाउने तयारी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ चैत्र २०८१, ०२:२८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ चैत्र २०८१, ०२:२८

राजा र राजसंस्था पुनस्थापित गराउने एजेन्डा बोकेर आन्दोलनमा होमिएका राजावादी समुहको आन्दोलनका कमान्डर दुर्गा प्रसाईलाई ज्यान मार्ने उद्योग अन्तर्गतको समेत मुद्धा चलाउने तयारि गरेको प्रहरी उच्च श्रोतले जानकारी दिएको छ ।

प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो । सोहि भिडियोका आधारमा प्रसाईलाई ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा मुद्धा चलाउन लागिएको हो ।

प्रहरी स्रोतका अनुसार, उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी गरेको छ । भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस