रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले पुर्पक्षमा राखी अनुसन्धान गर्न गरेको आदेश बिरुद्ध आज लामिछानेले सर्वोच्च अदालतमा रिट दायर गरेका छन । लामिछानेले आफ्ना कानुन व्यवसायीमार्फत शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेशविरुद्ध लामिछानेले फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम सर्वोच्च अदालतमा निवेदन दिएको उनका कानुनी व्यवसायीले बताएका छन ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग १ करोड धरौटी रकम माग गरेको थियो । सो आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए भने सरकारी वकिल कार्यालयले पनि धरौटीमा रिहा गर्ने आदेशबिरुद्ध निवेदन दिएको थियो । उच्च अदालत तुलसीपुर इजलासले लामिछाने बिरुद्ध गरेको फैसला कपि पेस्ट भएको भन्दै देशभर बिरोध समेत भएको छ ।










प्रतिक्रिया