करेन्ट लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आज बिहान अन्दाजी ८ बजेर चालिस मिनेटको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटार बस्ने वर्ष अन्दाजी ५५ को भुमि नन्द तिमल्सिना आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।
तिम्सिना घर सफा गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएको र स्थानीयले उपचारको लागी हेटौडा अस्पताल मकवानपुरमा ल्याई उपचारको क्रममा मृत्यु भएको थियो । तिम्सिनाको शव हेटौंडा अस्पतालमा रहेको, घटना सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताउनु भयो ।
प्रकाशित मिति: २९ चैत्र २०८१, ०१:४१ बजे










प्रतिक्रिया