सवारी दुर्घटनामा दुईको मृत्यु नौ घाईते

जिप दुर्घटना

सवारी दुर्घटनामा दुईको मृत्यु नौ घाईते

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ चैत्र २०८१, ०८:०० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ चैत्र २०८१, ०८:००

पछिल्लो समय सवारी दुर्घटनाको संख्या दैनिक जसो बढी रहेको छ । सवारी चालकको लापरवाहीको कारण दुर्घटना बढ्ने गरेको पाइएको भए पनि दुर्घटना न्यूनीकरण गर्न राज्यले कुनै पनि पहल गर्न सकेको छैन ।

रामेछापको ठाँटिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् । मन्थली नगरपालिका–३ ठाँटीमा बा १६ च ६४७६ नं को जीप बिहीबार दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया कृष्णनारायण श्रेष्ठ र ११ वर्षीया भूमिका श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहका अनुसार स्थानीय शारदादेवी मन्दिरमा पुजा सकेर फर्कने क्रममा उक्त दुर्घटना भएको हो ।

घाइतेको मन्थलीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस