राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश समितिले काठमान्डौको बल्खुमा आयोजना गरेको बृहत आमसभालाई भड्काउन खोजेको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
आमसभा भएको स्थलमा घुसपैठ गरि आन्दोलन बिथोल्न खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका स्वयम् सेवकहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।
आन्दोलन बिथोल्न खोज्ने आरोप लागेकाहरु दाङको घोराही नगरपालिका–४ घर भएर कीर्तिपुर बस्ने ४२ वर्षीय भरत वली, धादिङ रुविभ्याली घर भएर कीर्तिपुर बस्ने ३० वर्षीय रमेश लामा, रामेछापको मन्थली घर भएर बल्खु बस्ने १८ वर्षीय सुवास खड्का र नवलपुर घर भएर कीर्तिपुर बस्ने २७ वर्षीय रञ्जित क्षेत्री रहेको कालिमाटी प्रहरी वृतले जनाएको छ ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त कालिमाटीमा राखिएको र अनुसन्धान भैरहेको श्रोतले बतायो । पक्राउ परेकाहरुले आमसभा स्थलमा सभा भड्काउने काम गरेको र उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको सभामा सहभागी रहेकाहरुले बताए ।










प्रतिक्रिया