राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश समितिले काठमान्डौको बल्खुमा आयोजना गरेको बृहत आमसभामा १५ गते तिनकुनेमा राजावादी समुहले गरेको जनप्रदर्शनमा पक्राउ गरेका नेता कार्यकर्तालाई बिना सर्त रिहाईको माग गर्दै गर्दा उता जिल्ला अदालत काठमाडौंले भने पक्राउ परेका नेता कार्यकर्तालाई थप १५ दिन को म्याद थप गरि अनुसन्धान गर्न आदेश दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित २० जनालाई अदालतले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद उपाध्यायले उनीहरूलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आरोपितहरू विरुद्ध प्रहरीले राज्यविरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । राज्यविरुद्ध कसुर गरेको आरोपमा मिश्र र जबरासहित २० जना थुनामा छन् । यसअघि उनीहरूविरुद्ध क्रमशः ५ दिन र ७ दिन म्याद थप गरिएको थियो । १३ दिन सम्म हिरासतमा रहेका नेता कार्यकर्तालाई कुनै पनि अनुसन्धान नगरी पुन म्याद थपको लागि अदालत पेस गरेको मिश्र निकट श्रोतले आरोप लगाएको छ ।
अदालतले १५ दिनको म्याद थप गरे संगै अब रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा प्रहरी हिरासतमै रहने छन भने सरकारले पार्टीका नेता कार्यकर्तालाई दमन गरेको भन्दै राप्रपाले चरणबद्ध आन्दोलन गर्ने तयारि गरेको छ ।










प्रतिक्रिया