मकवानपुरको कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो माथि ढुङ्गा खस्दा घाइते भएका नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरका पिता बर्ष ५४ का सुर्ज थापा मगरको उपचारको क्रममा काठमान्डौको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको नेकपा माओबादी मकवानपुरका नेता प्रल्हाद लामिछानेले जानकारी दिनु भएको छ ।
टाउकोमा गम्भीर चोट लागी गम्भिर घाईते भएका मगरलाई हेटौंडा अस्पतालमा सामान्य उपचार पश्चात चितवन मेडिकल कलेज रिफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभए पछी थप उपचारको लागि काठमाडौं लागिएको थियो ।
मगरका तिन छोरा र एक छोरी रहेका छन । नेपाल पत्रकार महासंघ मकवानपुर साखामा सचिव हुँदै दुई कार्यकाल पत्रकार महासंघ बागमती प्रदेश समितिको महासचिव र अहिले नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष रहेका कृष्ण सारु मगरलाई पितृ शोक परेको छ ।
हेटौंडा उपमहानगरपालिका ८ ओम नगरमा सारु चोक नामाकरण गरेका सुर्ज थापा मगर सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका थिए ।










प्रतिक्रिया