शुक्रबार काठमाडौंको हेपाली हाईट आफ्नै निवास बाट पक्राउ परेका लामिछानेलाई शुक्रवार काठमाडौं प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो भने लामिछानेलाई शनिवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको थियो । जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहाइ गर्ने आदेश उल्टाउदै उच्च अदालत तुलसीपुरले पुर्पक्षमा राखी मुद्धा प्रक्रियामा लैजान आदेश गरेको थियो।
उच्च अदालत तुलसीपुरले जिल्ला अदालत रुपन्देहीलाई इमेल मार्फत पठाएको पत्रलाई कार्यन्वयन गर्दै जिल्ला अदालत रुपन्देहीले आवश्यक सबै प्रक्रिया पुरा गरि लामिछानेलाई कारागार चलान गरेको उल्लेख गरेको छ । लामिछानेले आफुले केहि नभन्ने भन्दै कारागार छिरेका थिए । रवि लाई कारागारको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ ।
प्रकाशित मिति: २५ चैत्र २०८१, ०१:४४ बजे










प्रतिक्रिया