शुक्रबार काठमाडौंको हेपाली हाईट आफ्नै निवास बाट बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवलको आदेशको पत्र जिल्ला अदालत रुपन्देहीमा पुगेको र जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई कारागार चलन गर्ने पत्र जिल्ला प्रहरी कार्यालयलाई पठाउने तयारि गरेको छ।
उच्च अदालत तुलसीपुरले जिल्ला अदालत रुपन्देहीलाई इमेल मार्फत पत्र पठाएको थियो । अब प्रहरी हिरासतमा राखिएका लामिछानेलाई प्रहरीले जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउने र अदालतले आदेश कार्यान्वनको लागि कारागार पठाइने भएको छ ।
शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि आजै भैरहवा कारागार लग्ने तयारीमा जिल्ला प्रहरीको रहेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान विमानमार्फत भैरहवा ल्याएको थियो ।
लामिछाने पक्राउको बिषयमा प्रहरीले गुण्डाराज अपनाएको मानब अधिकार हनन गरेको र लामिछानेलाई पक्राउ गर्न गएको प्रहरीले अन्तिम इच्छा के छ भनि ससंकित गर्न खोजेको भन्दै सरकार र प्रहरी प्रशासनको चौतर्फी बिरोध भएको छ । लामिछानेले आज नै सर्वोच्च अदालतमा उच्च अदालत तुलसीपुरको फैसला बेरितको रहेको भन्दै रिट दायरा गर्ने तयारि रहेको लामिछाने श्रोतले जनाएको छ ।










प्रतिक्रिया