मकवानपुरमा सवारी दुर्घटना एक जनाको ज्यान गयो

दुर्घटना एकको निधन

मकवानपुरमा सवारी दुर्घटना एक जनाको ज्यान गयो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ चैत्र २०८१, ०८:२२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ चैत्र २०८१, ०८:२२

पुर्व पश्चिम सडक खण्ड अन्तर्गत मनहरी गाउँपालिकाको वडा नम्बर ९ खरंगामा काठमाण्डौ बाट जनकपुर तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६७१६ नम्बरको गाडी सडक छेउमा रोकेर सौचालय जान बाटो क्रस गर्दा सोहि दिशा बाट आउंदै गरेको ना ८ खा १८०९ नम्बरको बसले ठक्कर दिंदा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।

आज बिहान अन्दाजी २ : ४० बजे दुर्घटना भएको र घाइतेलाई उपचारको लागि हेटौंडा अस्पताल लागिएकोमा घाइतेको बिहान ३:३० बजे मृत्यु भएको अस्पताल श्रोतले जानकारी दिएको छ ।

सवारी दुर्घटनामा घाइते जिल्ला उदयपुर त्रियुगा नगरपालिका २ संगमटोल बस्ने अन्दाजी बर्ष ५८ को जित बहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारि एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

इलाका प्रहरी कार्यालय मनहरी बाट अर्जुन प्रसाद देबकोटाको कमाण्डमा गएको प्रहरी टोलिले घाइतेको उद्धार गरि अस्पताल पठाउने कार्य गरेको थियो । सोहि दिशा बाट आएको बसले ठक्कर दिदाँ टाउको, छाति र दाहिने खुट्टामा चोट लागी गम्भिर घाईते भएका प्रधानको उपचारको क्रममा निधन भएको हो ।

दुर्घटना भएको स्थान बाट प्रहरीले बस चालक धादिङ सिद्वलेक गाउँपालिका ३ बस्ने बर्ष २६ को मोहन थापा मगर जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस