दुर्गा प्रसाइले दिए सरकारलाई चेतावनी

सरकारलाई प्रसाई को चेतावनी

दुर्गा प्रसाइले दिए सरकारलाई चेतावनी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ०९:३७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ०९:३७

चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादी समुहले आयोजना गरेको प्रदर्शन भड्किए पछी फरार भएका राजावादी आन्दोलनका जन कमान्डर दुर्गा प्रसाईले सामाजिक संजाल मार्फत सरकारलाई ठुलै मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।

चैत १५ गते काठमाडौं तीनकुनेको आन्दोलनको मुख्य आरोपित करार भएका प्रसाई यति बेला कहाँ लुकेका छन् भन्ने बिषयमा सरकार समेत अनविज्ञ रहेको अवस्थामा प्रसाइले भने दैनिक जसो सामाजिक संजाल मार्फत सरकारलाई चेतावनी दिदै आएका हुन् ।

राजावादी आन्दोलनका जन कमान्डर प्रसाइलाई नियन्त्रण गर्न गृह प्रशासनले तिन ओटा टोलि परिचालन गरेको भए पनि प्रसाइलाई पक्राउ गर्न सकेको छैन । प्रसाईले आफु भक्तपुरमै रहेको र आफुले लुक्ने ठाउँ पाएको समेत बताएका छन । प्रसाई भन्छन मैले त् लुक्ने ठाउँ पाएको छु तिमीहरुले त्यो ठाउँ समेत पाउने छैनौ । उनि थप्छन सिंह सिकार गर्दा एक कदम पछी हटेर बाह्र कदम अगाडी बढ्छ अहिले मा त्याही गरि रहेको छु ।

प्रहरीले खोजि गरि रहेका प्रसाईले आज पनि सामाजिक संजाल मार्फत सरकारलाई चेतावानी दिएका छन । प्रसाइले लेखेका छन “पोखरामा बेलुन पड्किँदा छानबिन समिति बनाएर छानबिनका नाममा लाखौं रुपैयाँ आफ्ना कार्यकर्ता लाई खर्च गराउने सरकारले काठमाण्डौ को तीनकुने मा सयौ राउन्ड गोली,अश्रु ग्यास चलायो २ जना होनहार जनताको ज्यान लियो,सयौ लाई घाइते बनायो तर यही सरकारले सो घटना छानबिन गर्न  छानबिन समिति बनाइदैन भन्छन”

यहाँ जनताका हात हातमा सो घटनाको प्रमाण स्वरूप लाईभ भिडियो र फोटो हरु छन,तिमीले छानबिन समिति बनाउँदैनौं भने अब जनताले आफै छानबिन गर्ने छन् र दोषी देखिएका लाई  कारवाही पनि गर्नेछन? हेक्का रहोस? प्रसाइले सामाजिक संजाल मार्फत जनताले अब सरकारको छानबिन गर्ने चेतावनी दिएका हुन् । प्रसाई सरकारलाई चेतावनी दिइरहने सरकार मौन बसी रहने कहिले सम्म ?

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस