मकवानपुरगढीमा अटो दुर्घटना घाइतेलाई थप उपचारको लागि काठमाडौं लगिदै

अटो दुर्घटना

मकवानपुरगढीमा अटो दुर्घटना घाइतेलाई थप उपचारको लागि काठमाडौं लगिदै

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ०७:१० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ चैत्र २०८१, ०७:१०

मकवानपुरको कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो माथि ढुङ्गा खस्दा हेटौंडा ८ओम नगरका अन्दाजी बर्ष ५४ का सुर्ज थापा मगर टाउकोमा चोट लागी गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मगर अटो चालक रहेको र अटोमा अन्य ३ जना सवार रहेकोमा अन्यलाई चोटपटक नलागेको जनाइएको छ। मगरको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको चितवनबाट काठमाडौं अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका मगरलाई आइसीयु पोर्टेवल एम्बुलेन्स मार्फत काठमाडौं लगिदै गरेको पारिवारिक श्रोतले जनाएको छ ।अटो दुर्घटनामा गम्भीर घाइते भएका मगर नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरका बुवा रहेको पाइएको छ। उक्त अटोमा चालक सहित ४ जना सवार रहेको र  अन्य ३ जनालाई केही नभएको प्रहरी प्रवक्ता अर्यालले बताए । प्रहरी श्रोतले बताए अनुसार घाइतेको अवस्था गम्भीर रहेको जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस