सरकारले कुलमान घिसिङलाई बर्खास्त गरे पछी नागरिक स्तर बाट घिसिङको पुनर्वहालीको माग सहित सामाजिक संजालमार्फत बिरोध भएको अवस्थामा यति बेला नागरिक स्तर बाट हजारौको संख्यामा घिसिङलाई पुनर्वहालीको माग गर्दै काठमाडौंको सडकमा जनलहर देखिएको छ ।
कुलमान घिसिङलाई नेपाल विद्यु्त प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलीमा यति बेला प्रदर्शन भएको छ ।
कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, उर्जामंत्री दिपक खड्का राजिनामा दे “ लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ लेखिएको टिसर्ट लगाएका थिए ।
सहभागीहरू तामाङ पोशाक, नेवारी पोशाक, डम्फू र झाक्रीको पोशाकमा प्रदर्शनमा उत्रिएका थिए । कुलमान घिसिङलाई पुनर्बहाली नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने तयारि भएको प्रदर्शनमा सहभागीहरुको भनाई रहेको थियो ।
कुलमान घिसिङलाई अपमानित ढंगले बर्खास्त गरिएको भन्दै सरकारको उक्त निर्णयविरुद्ध प्रदर्शन भएको हो ।
११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । कुलमान घिसिङलाई बर्खास्त गरे पछी नेपालीले दैनिक जसो लोड सेडिङ्ग भोग्दै आएका छन भने उर्जा मंत्री खड्काले समेत अब लोड सेडिङ्ग हुने संकेत गरेका हुन् ।










प्रतिक्रिया