बर्दघाटदेखि दुम्कीबाससम्मको करिब १४ किलोमिटर खण्डमा खाल्डाखुल्डी र धुलोले गर्दा यात्रा कष्टकर भएकाले सो खण्डमा अत्यावश्यक बाहेकका सवारी बन्द गरेर सडक मर्मत गर्ने तयारि भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको आउ-जाउ बन्द गरेर सडक मर्मत गरिने भएको कारण चैत २७ गते देखि चैत ३१ गते सम्म पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड बन्द गरिने भएको छ ।
दाउन्ने सडकखण्ड बन्द भएमा पूर्व–पश्चिम यात्राका लागि वैकल्पिक बाटो प्रयोग गर्न समेत अनुरोध गरेको पूर्वी नवलपरासी (नवलपुर)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए । पाण्डे भन्छन पूर्वबाट पश्चिमतर्फ जानका लागि गैंडाकोटबाट पाल्पा हुँदै बुटवल निस्किने बाटो रहेको र उक्त बाटोमा साना गाडीहरु मात्र प्रयोग गर्न सकिने छ ।
साना–ठूला सबै गाडीहरुका नारायणगढ–मुग्लिन–पोखरा–पाल्पा हुँदै बुटवल आउ–जाउ गर्ने अर्को उपयुक्त बाटो भएको कारण यहि बाटोलाई बैकल्पिक मार्ग बनाउन समेत पाण्डेले अनुरोध गरेका छन ।
त्यसैले जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व (नवलपुर) ले चैत २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मपुर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड यातायात बन्द गर्ने निर्णय गरेको छ । साथै २०८२ साल बैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म पनि सडक बन्द गरिने पाण्डेले जानकारी दिए ।










प्रतिक्रिया