बिगत ५ दिन देखि काठमाडौं केन्द्रित गरेर देशभरका शिक्षकहरुले शिक्षा ऐन चाहियो भन्दै फरक फरक शैलीमा फरक फरक आन्दोलन गर्दै आएका भए पनि सरकारले शिक्षकहरुको आन्दोलन र मागलाई सुनुवाई गर्न सकेको छैन ।
नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षक कर्मचारी काठमाडौँका सडकमा हक अधिकार माग्दै दैनिकजसो सडक तताई रहेका छन् । यथाशीघ्र शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै चैत २० गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरुलाई यो पटक पनि शिक्षकका माग पुरा हुन्छ भनेर सरकारले दिएको आश्वासन भन्दा बढी उपलब्धि हुन् नसक्ने अवस्था देखिएको छ ।
शिक्षक् आन्दोलनको आज पाँचौँ दिन सिट्ठी फुकेर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे सबैले एउटा एउटा सिट्ठीसहित माइतीघर मण्डला आउने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । पेसागत सुरक्षा र उन्नयन तथा विद्यालय शिक्षाको विकासको लागि थालिएको महाअभियान संलग्न हुन सबै शिक्षक कर्मचारीमा अनुरोध समेत गरिएको छ ।
शिक्षकहरूले वार्ताको औचित्य नै नभएको बताउँदै आएका छन्। सरकारले वार्ताका लागि पटक पटक आह्वान गरेको छ । तर, शिक्षकहरू वार्ता भन्दा ऐन चाहिएको भन्दै वार्तामा नजाने अडान लिँदै आएका हुन। प्रधानमन्त्रीको थाइलेन्ड भ्रमण सकिएर हिजो स्वदेश फर्किएको र शिक्षकहरुको माग सरकारले सुन्छ भन्ने सामान्य सहानुभूति दिए पनि सरकारको कार्यसैलीलाई नजिक बाट अनुभव गरेका शिक्षकहरुले यो पटक उधारो सहमति नगर्ने योजना बनाएका छन ।
सरकारले सुनोस भनेर आज सिट्ठी फुकेर प्रदर्शन गर्ने तयारि रहेको शिक्षक अगुवाहरुले बताए । सराकराले शिक्षक/कर्मचारीको माग बेलैमा सम्बोधन नगरे नेपालको शैक्षिक् क्षेत्रमा ठुलो धक्का लाग्ने परिस्थिति देखिएको जानकारहरु बताउछन ।










प्रतिक्रिया