उच्च अदालत तुलसीपुरको फैसला तयार हुँदा हुँदै हतार हतार पक्राउ गरिएका रवि लामिछानेलाई तिन दिन हिरासत राखेर मात्र कारागार चलान गर्ने भएको छ ।
शुक्रवार राति काठमान्डौको हेपाली हाइट बाट पक्राउ परेका लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासत कक्षमा राखिएको र आज यति एयरलाइन्सको बिमान मार्फत भैरहवा लाने तयारि भएको छ ।
प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्याइएको छ ।
उनलाई ८ बजेको उडानमार्फत भैरहवा लैजनाने तयारी गरिएको थियो । तर, केही समय उडान डिले भएको प्रहरीले जनाएको छ ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।
शुक्रवार पक्राउ परेका लामिछाने शुक्रवार जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासत कक्षमा बसे भने आज उनलाई भैरहवा लगे पछी त्यहाँ पनि दुई दिन हिरासतमा राखेर त्यस पछी मात्र कारागार चलन गर्ने तयारि रहेको प्रहरी श्रोतको भनाइ रहेको छ । आज सनिवार परेको र भोलि आइतवार सार्वजनिक बिदा रहेका कारण लामिछानेलाई सोमवार मात्र उच्च अदालत तुलसीपुर पेस गर्ने र त्यस पछी कारागार चलान गर्ने तयारि रहेको छ ।










प्रतिक्रिया