रवि लामिछानेले आजै गिरफ्तारी दिने भने पछी प्रहरी पुग्यो रवि निवास

पक्राउ

रवि लामिछानेले आजै गिरफ्तारी दिने भने पछी प्रहरी पुग्यो रवि निवास

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ चैत्र २०८१, ०९:२६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ चैत्र २०८१, ०९:२६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक संजाल मार्फत सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिलेनै गिरफ्तारी दिंदैछु । साथै न्यायालयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नारोक्नुस भन्दै सामाजिक संजालमा लेख्ने बितिक्कै रविलाई  पक्राउ गर्न प्रहरी घरमै पुगेको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएसँगै प्रहरी घरमा पुगेको हो ।

अहिले उनको निवास बुढानीलकण्ठमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको छ । रवि लाई आजै पक्राउ गरि न्यायिक हिरासतमा पठाउने तयारि भैरहेको उच्च प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस