तिनकुने घटनाको जिम्मा सरकारले लिनु पर्छ – कांग्रेस नेता शर्मा

तिनकुने घटना

तिनकुने घटनाको जिम्मा सरकारले लिनु पर्छ – कांग्रेस नेता शर्मा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ चैत्र २०८१, १०:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२२ चैत्र २०८१, १०:३५

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सुनिल शर्माले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समुहको प्रदर्शनमा भएका हत्या आगजनी लुटपाटको जिम्मा सरकारले लिनु पर्ने बताएका हुन् ।

शर्माले राज्यपक्ष बाट आतंक सिर्जना गरेको र निहथ्थामा नागरिक माथि दमन गरेको आरोप लगाए । यो लोकतन्त्र हो लोकतन्त्रमा राजावादी होस् कि माओबादी होस हतियार बिना आफ्ना आवाज उठाउछ भने सरकारले त्यस्ता आवाजलाई दमन गर्न नहुने उनको तर्क रहेको थियो ।

नेपाली कांग्रेस भित्र आफ्ना स्पस्ट बिचारको वकालत गर्ने शर्माले तिनकुने घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने बताए पछी सरकार र नेपाली कांग्रेस पार्टी भित्र खैलाबैला सुरु भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कार्यक्रम हुनुपूर्व नै सरकारको तर्फबाट अश्रुग्यास र हवाई फायर भएपछि आन्दोलनकारीहरू बिथोलिएको जिकिर गरे । मञ्चमा कार्यक्रम गर्न नदिईकनै आन्दोलन बिथोल्ने काम सरकारबाट भएको उनको भनाइ रहेको थियो ।

लोकतन्त्रमा सबै किसिमका विचार बोक्नेहरुले स्वतन्त्रतापूर्वक आफ्ना धारणा राख्न पाउनुपर्ने बताए । सांसद शर्माले पार्टीहरु मिलेर जनतामाथि दमन गरेको बताए । तीनकुने घटनाको सत्यतथ्य छानविन हुनुपर्ने शर्माले माग गरेका छन ।

सरकारले फायर खोलेको भन्दै उनले सरकारले नै घटनाको जिम्मेवारी लिनुपर्ने बताए । शान्तिपूर्ण रुपमा आमसभा गर्ने अधिकारलाई सरकारले बन्देज लगाएको उनको आरोप छ । स्वीकृति लिएर आमसभा गर्न जाँदा बोल्न नदिईकनै अश्रुग्यास हान्नुको परिणाम तीनकुने घटना रहेको शर्माले जिकिर गरे ।

सडकमा हिडिरहेका नागरिक माथि सरकारले दमन गरेको गोलि प्रहार गरेको र प्रदर्शनलाई भड्काउने काम गरेको श्रमाले आरोप लगाए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस