हेटौंडा उपमहानगरपालिका १६ का मिलन दंगाल हत्याको प्रारम्भिक अनुसन्धान बाट ७ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । दंगालको रहस्यमय मृत्यू भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निष्पक्ष छानबिनको माग सहित स्थानीयले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा धर्ना सहित दवाब दिंदै आएका छन ।
बागमती गाउँपालिका वडा नम्बर ८ स्थित भुवनचुलि देउडीभञ्जाङमा मृत भेटिएका हेटौडा उपमहानगरपालिका १६ का ३८ बर्षिय मिलन दंगालको मृत्यु रहस्यमय र संकास्पद रहेको घटनामा शंका लागेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरि सकेको छ ।
घटनालाई लियर दंगालका आफन्तले मदनभण्डारी लोकमार्ग अबरुद्ध गर्ने देखि जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा सत्य तथ्य छानबिन गर्न दबाब समेत दिंदै आएका छन । बुधवार राति दंगाल आफ्ना नातेदार पर्ने सुजन पौडेललाई लिएर बागमती गाउँपालिका वडा नम्बर ८ स्थित भुवनचुलिमा रहेको एक होटेलमा पुगेका थिए । होटेलमा विवाद भए पछी यस्तो घटना घटेको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक श्यामु अर्याल सहितको टोलिले बिहिवार पनि घटना स्थल र आसपासमा रहेका स्थानीय नागरिक माथि आवश्यक अनुसन्धान गरेका थिए ।
बुधवार राति दंगाललाई लिएर बागमती गाउँपालिका वडा नम्बर ८ स्थित भुवनचुलि पुगेका सुजन पौडेललाई प्रहरीले नियन्त्रणमा राखी अनुसन्धान थालेको छ। पौडेल दंगालका क्याटरिङ व्यवसायको साझेदार समेत रहेका थिए। घटनामा सरिक भएको अभियोगमा प्रहरीले जिल्ला मकवानपुर बकैया गाउँपालिका ३ बस्ने वर्ष ३६ को प्रशान्त लामा गोदावरी नगरपालिका १२ बस्ने वर्ष २४ को किसन दानी बारा जिल्ला निजगढ नगरपालिका ३ बस्ने वर्ष १९ की इनिसा तिमल्सेना हेटौंडा उपमहानगरपालिका १५ की सुस्मिता तामाङ सिन्धुली मारिण गाउँपालिका ७ की शर्मिला मुक्तान सिन्धुली मारिणकी रोजिना तामाङ र हेटौडा उपमहानगरपालिका १६ बस्ने वर्ष २८ को सुजन पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारि श्यामु अर्यालले बताए । नियन्त्रणमा लिएका सातै जनालाई जिल्ला अदालत मकवानपुर बाट ज्यान सम्बन्धि कसुर मुद्धामा सात दिनको म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढेको प्रहरी श्रोतले जनाएको छ ।










प्रतिक्रिया