काठमाण्डौंको एक्सपट भिजनको अबैध कन्सल्टेन्सीलाई फ्रेंचाईज

एक्सपट भिजन कन्सल्टेन्सी

काठमाण्डौंको एक्सपट भिजनको अबैध कन्सल्टेन्सीलाई फ्रेंचाईज

अबैध कार्यलाई उक्साहट गर्नेलाई समेत कानुनि दायरामा ल्याउनु पर्ने माग

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, १०:४७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, १०:४७

काठमाण्डौको पुतलीसडकमा रहेको एक्सपट भिजन कन्सल्टेन्सीले हेटौंडा ४ स्कुल रोडमा विना अनुमति संचालनमा रहेको एक कन्सल्टेन्सीलाई आफ्नो ब्रान्च अफिस भन्दै अबैध कार्यमा प्रोत्साहन गरेको तथ्य बाहिरिएको छ ।

गैरकानुनी रुपमा कन्सल्टेन्सी संचालनको हवनै बनेको हेटौंडामा संघिय राजधानीमा रहेका शिक्षाको ब्यापार गर्ने कन्सल्टेन्सीहरुको कारण हेटौंडामा अबैध रुपमा यस्ता संस्था संचालनमा मलजल पुगेको पाइएको हो । अनुमतिनै नलिई बिभिन्न देश पठाईदिने भन्दै भ्रामक प्रचार गरि हेटौडाको गल्लि गल्लिमा यस्ता संस्थाहरु संचालनमा आएका छन ।

हेटौडा उपमहनागरपालिकाले समेत यस्ता संस्थालाई अनुमति दिने देखि नियमन सम्मको कार्यविधि बनाएको भए पनि यस्ता अबैध रुपमा संचालन भएका कन्सल्टेन्सीहरु को न डाटा नै तयार छ हेटौडा उपमहानगरपालिका सित न कुनै नियमनको तयारीनै । हेटौडा ४ स्कुलरोडमा रहेको एक्सपर्ट भिजन कन्सल्टेन्सी गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको भए पनि सरोकारवालानिकायले भने कुनै चासो दिन सकेको छैन । अवैध रुपमा सञ्चालित कन्सल्टेन्सीले विद्यार्थीहरूलाई ठग्ने गरेकोसमेत पाइएको हो ।

उक्त कन्सल्टेन्सीले काठमान्डौको फ्रेंचाईज भन्दै भ्रमका प्रचार गरि बिद्यार्थीलाई भ्रमित पार्ने काम गरेको समेत पाइएको हो । काठमाडौंको पुतली सडकमा रहेको एक्सपट भिजन कन्सल्टेन्सीले समेत हेटौडामा संचालित एक्सपट भिजन कन्सल्टेन्सीले अनुमति नपाएको तर हाम्रो शाखा कार्यालय रहेको स्वीकार गरेको छ । राजधानीमा बसेर राजधानी बाहिरका शहरहरुमा अबैध रुपमा यस्ता संस्था संचालन गर्न शाखा कार्यालय भन्ने र ढोग्सा थाप्ने कार्य भैरहेको छ ।

यस कन्सल्टेन्सी सामाजिक विकास मन्त्रालयमा समेत दर्ता प्रक्रियामै नगई कक्षा सञ्चालन गरिरहेको छ भने, विद्यार्थीबाट मोटो रकम असुल्दै आइरहेको छ। साथै यस कन्सल्टेन्सीले विद्यार्थीको पासपोर्ट नै कन्सल्टेन्सीमा राखी मेनपावरको समेत काम गर्दै आइरहेको खुलेको छ । कन्सल्टेन्सीले बिभिन्न देशको भाषा शिक्षा समेतको काम गर्दै आएको पाइएको छ ।

हेटौडामा संचालित एक्सपट भिजन कन्सल्टेन्सीले भ्रामक प्रचार गरि बिद्यार्थीलाई दुख दिने झुक्याउने काम गरि रहेको र एक्सपट भिजन कन्सल्टेन्सी काठमाडौंले समेत साथ् दिने काम गरे पछी एक्सपट भिजन कन्सल्टेन्सी काठमाण्डौले बिना अनुमति बिना स्वीकृति यस्ता संस्था संचालनमा प्रोत्साहन गर्नु शाखा कार्यालय हो भन्नुले काठमाण्डौ पुतली सडकमा संचालनमा रहेको एक्सपट भिजन कन्सल्टेन्सी समेत बदनाम हुने अवस्था देखिएको छ । बिभिन्न देश पठाउने भाषा शिक्षा अध्यापन गराउने भिजा प्रक्रियाको काम गर्ने काठमान्डौमा रहेको एक्सपट भिजन कन्सल्टेन्सी माथि अनुगमन तथा छानबिन गर्नु पर्ने दवाब बढेको देखिएको छ ।

विभिन्न पूर्व तयारी कक्षा भाषा शिक्षा र परामर्शको काम गर्ने यस कन्सल्टेन्सीले असम्बन्धित व्यक्तिबाट कक्षा सञ्चालन गर्दै आइरहेको छ भने परामर्शका लागि गलत व्यक्तिबाट परामर्शको काम गर्दै आइरहेको छ ।

सरकारको आँखा छलेर विद्यार्थी र अभिभावकलाई झुक्याई यस कन्सल्टेन्सीले शिक्षाको नाममा गैरकानुनी रुपमा असुली धन्दा चलाइरहेको छ । यस कन्सल्टेन्सीले बिनादर्ता संस्था सञ्चालन गर्दा सयौं विद्यार्थीको भविष्य नै अन्योलमा पारिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस