मलाई जिउंदै छोड्यो सरकारले यो मेरो जित हो – लामिछाने

जिउंदै छोड्यो सरकारले

मलाई जिउंदै छोड्यो सरकारले यो मेरो जित हो – लामिछाने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ चैत्र २०८१, ०५:४६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ चैत्र २०८१, ०५:४६

लामो समय पार्टी राजनीति बाट अलग रही आफ्नो व्यक्तिगत मुद्धामा क्रियाशील रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामाछाने आज बाट आफ्नो पार्टी राजनीतिमा फर्किएका छन

रास्वपाका सभापति रवि लामिछानेले आज पार्टी कार्यालयमा भएको एक कार्यक्रममा दुई तिहाइको सरकारले आफ़ुलाई जिउँदै छाड्नु नै आफ्नो जित भएको बताएका छन् । पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

तिमीहरुको दुई तिहाइको सरकारले मलाई जिउँदै छाडेको छ । यही नै मरो जित हो’, उनले भने, ‘शरीरमा एक थोपा रगत रहुन्जेलसम्म यो लुटतन्त्रको विरोधमा उभिनेछु । सरकारले आफुलाई फसाउने मनसायका साथ चार जिल्लामा मुद्धा दायर गरि हिरासतमा राखी आफुलाई दुख दिने काम गरेको समेत उनले बताए ।

उनले करिब ५ महिना अगाडि सरकारले जबरजस्ती झुटा मुद्दा लगाएर आफूलाई पार्टी कार्यालयबाटै उठाएर लगेको स्मरण गरे । उनले भने, ‘षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर, मैले कुनै दिन पनि हार मानेको थिइनँ र मान्ने छैन पनि । सत्यको पक्षमा म जस्तोसुकै जुनसुकै सामाना गर्न पनि तयार छु।’

उनले आफू न्यायको जुनसुकै तराजुमा तौलिन पनि तयार भएर बसेको बताए । उनले आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत जिकिर गरे । जिल्ला प्रहरी कार्यालय पर्साले लामिछानेलाई मुद्धा तयार भएको तर अभियोग अदालत पेस नगरी लामिछानेको टाउकोमा तरवार देखाएर तर्साउन खोजेको समेत उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस