बाढीपहिरो पीडितहरूलाई टहरामा सास्ती पालिका अध्यक्ष के.सी भने घुमघाममै मस्ती

महाङ्कालमा मनमौजी

बाढीपहिरो पीडितहरूलाई टहरामा सास्ती पालिका अध्यक्ष के.सी भने घुमघाममै मस्ती

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ चैत्र २०८१, ०२:०६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ चैत्र २०८१, ०२:०६

गत असोज १२ र १३ गते परेको अविरल बर्षा र बाढी पहिरोको कारण ललितपुरको महाङ्काल गाउँपालिकाले निक्कै ठुलो क्षति भोग्नु परेको थियो । पालिकावासी कयौ नागरिक घरवार बिहिन भए भने बाढी पहिरोको कारण कयौले ज्यान समेत गुमाउनु परेको थियो ।

महाङ्काल गाउँपालिका भित्र भएको प्राकृतिक विध्वंसको लेखा जोखा पालिकाले अहिले सम्म यकिन गर्न सकेको छैन तर पालिकाका जनप्रतिनिधि भने पालिकाको रकम कोष दोहन गरेर भ्रमणमा मस्त रहेको पाइएको छ । पालिका भित्र रहेका जनताको अविभावक पालिकाकै जनप्रतिनिधि हुने व्यवस्था स्थापित हुँदै आएको छ ।  तर, यस्तो संकटपूर्ण अवस्थामा पनि महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी जनताको पीडा बेवास्ता गर्दै गाउँपालिकाको बजेट दुरुपयोग गरेर विलासितापूर्ण भ्रमणमा लागेको आरोप स्थानीयवासीहरूले लगाएका छन् । स्थानीय स्रोतका अनुसार, अध्यक्ष केसीले गाउँपालिकाको २ लाख रुपैयाँ बजेट निकालेर पूर्वी नेपाल, भारतको दार्जिलिङ र सिक्किम भ्रमण गरेका छन् । यसअघि पनि, महिला उत्थान, बालकल्याण तथा योजना अनुगमन शीर्षकमा छुट्याइएको ४ लाख ८० हजार रुपैयाँ उनीलेनै भ्रमणमै खर्च गरिसकेको पालिका श्रोतको दावी रहेको छ ।

बाढीपहिरोबाट विस्थापित भएका नागरिकहरू अझै पनि अस्थायी टहरामै बसिरहेका छन् बाढी पिडित नागरिकले अस्थाई टहरामा कस्टकर जीवन बिताई रहंदा पालिका अध्यक्ष गणेश बहादुर के.सी पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने लगायतका टोलि भने महांकाल प्रज्ञा प्रतिष्ठानको नाम भजाएर भारत भ्रमणमा निस्कनुले पालिका अध्यक्ष के.सी जनताको समस्या भन्दा पनि विलासितामा रमाउन खोजेको आरोप लाग्दै आएको छ। जाडोयाममा पाल र जस्ताको छानामुनि रात बिताएका उनीहरू अब फेरि वर्षा ऋतु नजिकिँदै गर्दा त्रासमा छन्। स्थायी वासस्थान, बस्ती स्थानान्तरण तथा गोठीखेल बजार खोलाको व्यवस्थापन लगायतका महत्वपूर्ण विषयमा गाउँपालिकाले कुनै ठोस पहल नगरेको पीडितहरूको गुनासो छ। साथै, बैतरणी धाम मन्दिर पुनर्निर्माण लगायतका योजनाहरू पनि अलपत्र अवस्थामा राखेर अध्यक्षको जम्बो टोलि भारत भ्रमणमा निस्किएको हो ।

पालिका अध्यक्ष के.सीले पालिकाको बजेट बाट राज्यको ढुकुटी स्वाह हुने गरि भ्रमण गर्नु सामान्य जस्तै भएको स्थानीय बताउछन । स्थानीय भन्छन “गाउँपालिकाले सडक पुनर्निर्माणका लागि करिब ३ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, सो बजेट कुनै प्रतिस्पर्धात्मक टेन्डर प्रक्रिया नगरी केही नजिकका ठेकेदारहरूलाई दिएर सार्वजनिक खरिद नियमावली समेतको अबज्ञा गरेका छन । स्थानीय श्रोतका अनुसार पालिका अध्यक्ष के.सीले पालिका भित्र हुने बिकास निर्माणको काममा व्यापक अनियमितता गर्ने गरेको आरोप लगाउंदै आएका छन ।

असोजमा गएको बाढी पहिरो बाट पिडित भएका पालिका भित्र रहेका नागरिकको पिडालाई बेवास्ता गर्दै के.सी बिलासिपूर्ण भ्रमणमा निस्किएको भन्दै बाढी पहिरो पिडितले गुनासो पोखेका छन ।

पालिका अध्यक्ष गणेश बहादुर के.सीले बाढी पहिरो पिडितलाई राहात बितरणमा समेत राजनीतिका गरेको स्थानीयको आरोप रहेको छ । के.सी सहितको टोलीले पिडितहरु फोटो खिच्ने क्षति विबरण तयार गर्ने जस्ता काम गरे पनि पिडितहरुले राहत पाउन नसकेको गुनासो गरेका छन ।

पालिकाको बजेट बाट भारत घुम्न निस्किएका पालिका अध्यक्ष गणेश बहादुर के.सी प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने लगायतको प्रज्ञा प्रतिष्ठानका व्यक्ति हरु भारतको बिभिन्न बजार घुम्न गएको पालिका प्रवक्ता जोनी कुमार न्यासुरले बताउनु भयो । प्रवक्ता न्यासुर भन्छन पालिकाले महाङ्काल प्रज्ञा प्रतिष्ठानको नाममा १० लाख बजेट बिनियोजन गरेको र सोहि बजेट बाट भ्रमणमा गएको बताए । पालिकाका कार्यवाहक प्रमुख प्रशासकीयको जिम्मेवारी पाएका विकास बाईजूले भ्रमण गएको तर कति जना गएको आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । पालिका बाट अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपाने भ्रमणमा गएको तर कहिले सम्म को भ्रमण हो आफुलाई थाहा नभएको पालिकाका सुचना अधिकारि उज्वल तिमल्सिनाले बताए ।

स्थानीयवासीहरूले अध्यक्ष गणेश केसीको गतिविधिको विरोध गर्दै आवश्यक कदम उठाउन सरोकारवाला निकाय सँग माग गरेका छन् । अध्यक्ष केसीविरुद्ध विभिन्न विकास योजनाहरूमा आर्थिक अनियमितता गरेको भन्दै तीन वटा उजुरीहरू दायर गरिएका छन्, जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।

यसरी, बाढीपहिरो पीडितहरू असहज अवस्थामा गुज्रिरहेका बेला गाउँपालिकाका प्रमुख जनताको सेवाभन्दा व्यक्तिगत विलासितामा केन्द्रित रहेको आरोप स्थानीयहरूले लगाएका छन्। यदि तत्काल पुनर्वास योजना नल्याइए, आगामी दिनमा थप ठूलो संकट आउन सक्ने देखिन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस