राप्रपाले पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई अभियान्ता भ्रद्र प्रसाद नेपाल उर्फ स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । २४ घण्टा भित्र गिरफ्तार गरिएका मिश्र, राणा लगायतका नेतालाई बिनासर्त रिहाई नगरे राप्रपाले देश ब्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिजो पक्राउ गरिएका मिश्र लगायतका नेतालगायतलाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
उनले २४ घण्टाभित्र रिहा नगरिए राप्रपाले देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने निर्णय गरेको बताए । राप्रपाले तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको दाबीसमेत गरेको छ । सरकारले नियोजित तरिकाले आन्दोलनलाई भड्काउन खोजेको समेत बैठकको निस्कर्ष रहेको लिङ्देनले बताएका छन ।










प्रतिक्रिया