गृहमन्त्रीको आदेश नेपाल प्रहरीले नटेरेको एकीकृत समाजवादी अध्यक्ष नेपालको आरोप

समाजवादी अध्यक्ष नेपालको आरोप

गृहमन्त्रीको आदेश नेपाल प्रहरीले नटेरेको एकीकृत समाजवादी अध्यक्ष नेपालको आरोप

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ चैत्र २०८१, ०३:५८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१६ चैत्र २०८१, ०३:५८

गृहमन्त्री रमेश लेखकले राजावादीहरूद्वारा गरिएको आक्रमण र हिंसात्मक घटनामा संलग्नलाई कानुनअनुसार कडा कारबाही हुने बताएका बेला उता एकीकृत समाजवादीका अध्यक्ष माधब कुमार नेपालले गृहमन्त्रीको आदेश नेपाल प्रहरीले नमानेको आशंका ब्यक्त गरेका हुन ।

शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा हिजो राजावादी समुहले गरेको आगजनी तथा तोडफोडको बिषयमा स्थलगत अनुगमनमा गएका गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै नेपालले भने तपाईले भनेको तपाईको प्रहरीले नटेरेको संका लागेको छ ।

आफ्नो पार्टी कार्यालयमा आगजनी हुँदा तोडफोड हुँदा प्रहरी समयमा पुग्न नसक्नुले गृहमन्त्रीको निर्देशननै प्रहरीले नमानेको आरोप नेपालले लगाएका हुन् । समाजवादिका अध्यक्ष नेपालले गृहमन्त्री लेखक लक्षित गरि यस्तो अभिव्यक्ति दिंदा लेखक भने मौन समर्थन स्वीकार गरि रहेका थिए ।

शुक्रबार तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गरिएको थियो । आक्रमणकारीहरूले नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा आगजनीसमेत गरेका थिए ।

गृह मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरि राजावादी समुहको आन्दोलनमा ४ हजार हाराहारीमा प्रदर्शनकारी रहेको जानकारी गराएको थियो भने आन्दोलन स्थल आसपासमा रानीपोखरी प्रहरी परिसरका एस.एसपी विश्व अधिकारीको कमाण्डमा ३५ सय नेपाल प्रहरी र सोहि हाराहारीमा एपीएफ प्रहरी समेत तैनाथ गराएको जानकारी गृह मन्त्रालयले जानकारी गराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस