राजावादी समुहले संघीय राजधानी केन्द्रित गरेर राज संस्था पुनस्थापनाको लागि गरेको आन्दोलनमा प्रहरी र सरकारपक्षले दमन गरेको भन्दै बागमती प्रदेशको राजधानी हेटौंडामा समेत रांके जुलुस गरेको छ ।
राजावादी समुहले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलनमा राज्य पक्षले दमन गरे पछी आन्दोलन हिंस्रक अवस्थामा गएको थियो ।
राजावादीले गरेको आन्दोलनमा आन्दोलनकारी तर्फ १५ जना घाइते भएको र प्रहरी तर्फ पनि १५ जना घाइते भएको पत्रकार सम्मेलन मार्फत गृह मन्त्रालयले जानकारी गराएको र आन्दोलनकारी तर्फ एक जनाको मृत्यु भएको जनाएको छ ।
समाचार संकलनमा रहेका फोटो पत्रकार सुरेश रजकको समेत मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । पत्रकार रजकले गुहार माग्दा समेत सुरक्षामा खटिएका सुरक्षा कर्मीले सम्बेदनशीलता नदेखाएको कारण मृत्यु भएको आन्दोलनकारीले बताएका छन ।
संघिय राजधानीमा राजावादीले गरेको आन्दोलनलाई सरकार र प्रशासनले दमन गरेको भन्दै केहि बेर अघि हेटौडा उपमहानगरपालिका ६ हात्तीलेटमा राजावादी समुहले रांके जुलुस मार्फत सरकार र प्रहरी दमनको बिरोध सहित नारावाजी समेत गरेका थिए ।










प्रतिक्रिया