सुरक्षा रणनीतिमा कहाँ चुक्यो नेपाल प्रहरी

सुरक्षा चुनौती

सुरक्षा रणनीतिमा कहाँ चुक्यो नेपाल प्रहरी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ चैत्र २०८१, ०५:२४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ चैत्र २०८१, ०५:२४

राजावादी समर्थकको आन्दोलन हिंस्रक बन्नुमा प्रहरीको सुरक्षा रणनीति असफल देखिएको छ । प्रशासनले संयमता देखाउन नसक्दा आन्दोलनले उग्ररुप लिएको सुरक्षा मामलाका जानकार हरुले बताएका छन ।

राजावादीहरुले गरेको शान्ति पूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्ने कार्यक्रम स्थलमा ताकेर अस्रू ग्यास प्रहार गर्ने जस्ता कार्य गरेपछि आन्दोलन भड्किएको आरोप लगाएका छन । रानीपोखरी प्रहरी परिसरका इन्चार्ज विश्व अधिकारिको कमाण्डमा खटिएको प्रहरी टोलिले आन्दोलन र सुरक्षा चुनौतीलाई पुर्व तयारि गर्न नसक्दा आन्दोलन हिंस्रक बन्न पुगेको सुरक्षा मामिलाका जानकारहरुले बताएका छन ।

राजावादी समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा यति बेला आकस्मिक बैठक बसेको छ । अहिले गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोलीको बैठक बसेको हो । बैठकमा प्रदर्शनको समीक्षा भइरहेको र आगामी योजनाबारे निर्णय हुने श्रोतले जनाएको छ ।

‘राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ । राजधानीका बिभिन्न स्थानमा कर्फ्यु जारि भए पछी आन्दोलनकारी झन् उग्र हुँदै गएको र आन्दोलनले काठमाडौंका बिभिन्न क्षेत्रमा हमला गर्न थालेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस