विश्व अधिकारीले आज ३५ सय प्रहरी लिएर राजधानी घुम्ने

राजावादी समाजवादी अमुने सामुने

विश्व अधिकारीले आज ३५ सय प्रहरी लिएर राजधानी घुम्ने

राजाबादी र समाजवादीले राजधानी तताउने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ चैत्र २०८१, १०:३४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ चैत्र २०८१, १०:३४

व्यवस्था परिवर्तन गरेर नागरिकको अवस्था समेत परिवर्तन गर्ने सोच सहित सडक आन्दोलनमा होमिएको राजाबादी जत्था र कमनिस्ट विचारधारा बोकेर राजनीतिमा होमिएको नेकपा माओबादी सहितको राजनीतिक दलले आज राजधानी काठमाडौंमा बृहत सडक सभा गर्ने भएको छ भने सभा स्थलको तयारीलाई अन्तिम रुप दिईसकेको छ ।

वर्तमान व्यवस्थाको पक्ष र विपक्षमा राजधानीमा एकैदिन दुई प्रदर्शन हुन लागेको हो । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा) ले गणतन्त्रको पक्षमा र तीनकुनेमा राजावादी समूहले राजतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन् । व्यवस्थानै बदल्ने उद्घोष गरेको राजाबादी र वर्तमान व्यवस्थाको पक्षमा वकालत गर्ने समाजवादी समूह बीच आज हुने आन्दोलन र सभालाई सुरक्षा संयन्त्रले समेत निक्कै चासोको साथ लिएको छ ।

राजावादी समूहमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, राप्रपालगायत आबद्ध छन् । सुरुमा विशेषतः प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि समिति पनि मिसिएको हो । राजावादी समुहको आन्दोलन कमान्डरको जिम्मा राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले गर्ने भएका छन ।

आज काठमाडौँमा हुने प्रदर्शनमा ३५ सय नेपाल प्रहरी तैनाथ गरिएको छ । आज हुने आन्दोलनको सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस