पार्टी प्यालेसको तेस्रो अधिवेशनबाट अधिकारीको नेतृत्व

अधिकारीको नेतृत्व

पार्टी प्यालेसको तेस्रो अधिवेशनबाट अधिकारीको नेतृत्व

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ चैत्र २०८१, ०८:४७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१३ चैत्र २०८१, ०८:४७

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघको तेस्रो अधिवेशनले रोयल प्यालेस हेटौंडाका संचालक ध्रुब प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबु प्रसाद चौलागाईं चयन हुनुभएको छ । सदस्यहरूमा पारसमणी थिङ, राजेश कुमार शर्मा, अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना महेश ठकुरी र विवेक मानन्धर चयन हुनुभएको छ ।

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी संघका अध्यक्ष दीपक सुबेढीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ्ग व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यको प्रमुख आतिथ्य थियो । कार्यक्रममा मकवानपुर उध्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाट, केन्द्रिय महासंघका वरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद पान्डे, केन्द्रिय सदस्य चेतनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो । मकवानपुर भित्र रहेका पार्टी प्यालेस क्याटरिङ व्यवसायीहरुको समस्यालाई प्रथामिकतामा राखेर नागरिकलाई सहज र सर्वशुलभ तरिकाले सेवा प्रदान गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस