उर्जा मन्त्री खड्काको पुत्ला दहन

मन्त्री खड्काको पुत्ला दहन

उर्जा मन्त्री खड्काको पुत्ला दहन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ चैत्र २०८१, १२:१० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१२ चैत्र २०८१, १२:१०

नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट नेपाल बिधुत प्राधिकरनको कार्यकारी निर्देशक कुलमान घिसिङ लाई बर्खास्त गर्ने निर्णय बिरुद्ध आज देशभरका बिभिन्न स्थान मुख्य शहर लगायत क्याम्पसहरुमा सरकार बिरुद्ध आन्दोलन भएको हो ।

नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई हटाइएको विरोधमा अनेरास्ववियूले विश्वभाषा क्याम्पस प्रर्दशनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहनसहित विरोध प्रदर्शनी गरेको छ । उर्जा मन्त्री खड्काको बिरुद्धमा नारावाजी सहित बिद्यार्थीहरुले पुत्ला दहन गरेका हुन् ।

सरकारले कुलमानलाई बर्खास्त गरे संगै सामाजिक संजाल मार्फत सरकारको आलोचना भैरहेको छ भने सरकारवादी दल नेपालि कांग्रेसका महामन्त्री गगन कुमार थापा बिश्व प्रकाश शर्मा शेखर कोइरला चन्द्र भण्डारी शंखर भण्डारी लगायतका नेता कार्यकर्ताले सरकारको यो कदम बिरुद्ध सामाजिक संजाल मार्फत तुष पोखेका छन । नेपाल बिधुत प्राधिकरणमा कार्यरत कामदार कर्मचारीले समेत यो निर्णय बिरुद्ध चरण बद्ध आन्दोलन गर्ने तयारि गरेको श्रोतको दावी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस