काठमाडौँको कुलेश्वोर मा.वि मा ब्रम्हालुट चार शिक्षकको चार्ज सिट बिशेष अदालतमा

चार शिक्षकको चार्ज सिट

काठमाडौँको कुलेश्वोर मा.वि मा ब्रम्हालुट चार शिक्षकको चार्ज सिट बिशेष अदालतमा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ चैत्र २०८१, ०९:५३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ चैत्र २०८१, ०९:५३

शैक्षिक क्षेत्रमा हुने आर्थिक अनियमितता अस्वाभाविक हुने गरेको पाइएको छ । बिद्यालयमा कार्यरत प्रधानध्यापक, लेखा कर्मचारीको मिले महत्वमा चरम आर्थिक अनियमिता हुने गरेको पाहीए पनि सरोकारवाला निकायको ध्यान जान नसक्दा राज्यको ढुकुटी माथिनै खतरा बढेको हो । यस्तै एक उदाहरण हो काठमाडौंमा रहेको कुलेश्वर माध्यामिक बिद्यालय ।

काठमाडौँको कुलेश्वोर मा.वि मा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तिम छानबिन पश्चात आज बिशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार कार्यालयका प्रबक्ता राजेन्द्र कुमार पौडेलले एक प्रेस नोट मार्फत जानकारी गराएका हुन् ।

कुलेश्वर माध्यामिक विद्यालय, काठमाडौँमा प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रुपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब माग गरी निकासा लिई निजकै नामबाट चेक जारी गरी तलबसमेत खुवाएकोले गैरकानूनी रुपमा शिक्षक राख्ने प्रधानाध्यापकलाई प्रचलित कानूनबमोजिम कारबाही हुन भन्‍ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वर, काठमाडौंका प्रधानाध्यापक सानुकान्छा नेपालले राहत दरबन्दीका करार शिक्षक विद्यालयमा अनुपस्थित रहेको अवस्थामा सोको जानकारी काठमाडौँ महानगरपालिकालाई नगराई झुट्टा बिल भरपाई बनाई बि.सं. २०८० सालको माघ महिनादेखि बि.सं. २०८१ को असार महिनासम्मको तलब भत्ता निकासा माग गरेको, अनुपस्थित शिक्षकको ठाउँमा गैरकानूनी रुपमा विद्यालयमा सट्टा शिक्षक(९खेताला) को रुपमा रहेको श्रुती भण्डारी भनिने अम्विका घिमिरेलाई मिति २०८० फागुन १ गतेदेखि २०८१ असार महिनासम्म अध्यापन गरेरगराएको भनी रु १,५७,९१५।( तलब भत्ता नियमविपरीत अनुपस्थित शिक्षककै नामबाट चेक जारी गराई भुक्तानी समेत गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु।१,५७,९१५ (एक लाख सन्ताउन्न हजार नौ सय पन्ध्र रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको अख्तियारको चार्ज सिटमा उल्लेख गरेको छ ।

कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वरका सहायक प्रधानाध्यापक शिवहरि घिमिरेले आफ्नो नाता पर्ने श्रुती भण्डारी भनिने अम्विका घिमिरेलाई विद्यालयमा अनुपस्थित रहेका प्राथमिक तहको राहत दरबन्दीका शिक्षकको ठाउँमा गैरकानूनी रुपमा सट्टा शिक्षकको रुपमा अध्यापन गर्न विद्यालयका प्रधानाध्यापकसँग मिलेमतो गरी नक्कली कागजात खडा गरी अनुपस्थित शिक्षकको नाममा रकम निकासा माग गरी भुक्तानी दिएको देखिएकोले निज शिवहरि घिमिरेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु१,५७,९१५ एक लाख सन्ताउन्न हजार नौ सय पन्ध्र रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद जरिवाना सजाय गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ।

कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वरका विद्यालय सहायक (लेखापाल) स्मृती रेग्मीले विद्यालयमा अनुपस्थित रहेका शिक्षकको नामबाट बि.सं. २०८० सालको माघ महिनादेखि बि.सं २०८१ सालको असार महिनासम्मको तलब भत्तावापतको रकम निकासा माग गरेको, निकासा भएको रकम अनुपस्थित शिक्षककै नाममा चेक जारी गरी सट्टा शिक्षकको रुपमा कार्यरत शिक्षकलाई भुक्तानी दिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा रु।१,५७,९१५एक लाख सन्ताउन्न हजार नौ सय पन्ध्र रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी बिगो रकम असुल उपर हुन मागदाबी लिइएको छ।

कुलेश्वर माध्यामिक विद्यालय, कुलेश्वरमा सट्टा शिक्षकको रुपमा अध्यापन गरेकी श्रुती भण्डारी भनिने अम्विका घिमिरेले विद्यालयका सहायक प्रधानाध्यापक शिवहरि घिमिरेमार्फत अनुपस्थित शिक्षकको ठाउँमा गैरकानूनी रुपमा सट्टा शिक्षकको रुपमा विद्यालयमा अध्यापन गराएको र अनुपस्थित शिक्षकको नाममा जारी गरिएको चेकबाट भुक्तानी लिएको देखिएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको नगद तथा अन्य प्रकृतिको गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर गरेकोले निजलाई मुख्य कसुरदारहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मूख्य कसुरदार सरह सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ। उक्त विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालको मिलेमहत्वमा बिद्यालयमा दोहोरो खाता संचालन गरि चरम आर्थिक अनियमिता हुने गरेको छ । विद्यालयको आन्तरिक आम्दानि बाट विद्यालयका प्रधानाध्यापक र लेखा कर्मचारीको मिलि भगतमा दोहोरो तलब खाने गरेको सम्म पाहीए पछी थप अनुसन्धान गर्नु पर्ने स्थानीयको माग रहेको छ ।

अख्तियारले बिशेष अदालतमा मुद्धा दायरा गरे संगै कुलेश्वर माध्यामिक बिद्यालयका प्रधानाध्यापक सानुकान्छ नेपाल, लेखापाल स्मृति रेग्मी शिक्षक् शिबहरि घिमिरे र खेताला शिक्षकको नाममा कार्यरत श्रुती भण्डारी भनिने अम्विका घिमिरे निलम्बनमा परेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस