मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भए संगै क्रान्तिकारीको किल्लामा अनेरास्ववियु नेविसंघको गठबन्धन हावी भएको हो । अन्तिम मतपरिणाम अनुसार अनेरास्ववियुका उमेद्वार प्रसिद्ध रेग्मी सहितको प्यानलनै बिजयी भएको छ ।
सुरुवाती अग्रतालाई कायम गर्दै अनेरास्ववियु र नेपाल विद्यार्थी संघको सयुक्त एलाइन्स बिजयी बनेको हो । २०७९ को स्ववियु निर्वाचनमा अनेरास्ववियुको गढ मानिएको मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले विजय प्राप्त गरेको थियो भने यति बेला क्रान्तिकारीकोको किल्ला मानिएको क्याम्पसमा पुन अनेरास्ववियु र नेविसंघले आफ्नो बिरासतलाई कायम गरेको छ ।

क्रान्तिकारीका उमेद्वार छोइसाङ लामालाई पराजित गर्दै सयुक्त प्यानलका प्रसिद्ध रेग्मी बिजय भएका हुन् । दुई हजार छ सय ९८ जना मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा एक हजार दुई सय ८१ मत खसेको थियो ।
मकवानपुर बहुमुखी क्याम्पस हेटौंडाको अन्तिम मतपरिणाम अनुसार सभापतिमा अनेरास्ववियु नेविसंघ प्यानलका प्रसिद्ध रेग्मीले ७०६ मत प्राप्त गरि विजय भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका उमेद्वार छोइसाङ लामाले ५०७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै सचिवमा उत्सव ढुंगानाले ७११ मत प्राप्त गर्दा क्रान्तिकारीका दिपेश कार्कीले ५४४ मत प्राप्त गरेका हुन् । सचिवमा नेविसंघका ढुंगाना बिजयी भएका हुन् ।
कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोश लुईटेल ७०४ क्रान्तिकारिका अमन रायले ५४४ मत प्राप्त गरेका छन । अनेरास्ववियुका निर्दोश लुईटेल ७०४ मत सहित रायलाई पछी पर्दै बिजयी भएका हुन् ।
सदस्यहरुमा अनेरास्ववियु नेबिसंघ प्यानलका मनोज घलान ७८९ उमेश चौधरी ७२५ दिवस चापागाई ७३४ साजिर अन्सारी ६७३ कृषण लामा ६३८ विवस अर्याल ६१६ मन्दिप थापा ६३३ अतित अधिकारिले ६२० मत सहित बिजयी भएका हुन् । अखिल क्रान्तिकारी प्यानल बाट सदस्यमा उमेद्वार रहेका रोहण गिरी ४७३ मिनेश पुडासैनी ६०४ अर्पण बल ४२७ पवित्रा बि.क. ४३२ निर्मला गोले ४२७ प्रेमी घलान ४२० कुशल राज भटर्राई ५१४ र रामकृष्ण घोरासैनीले ३९२ मत प्राप्त गरेका थिए ।










प्रतिक्रिया