मकवानपुर क्याम्पसमा ३०८ मत गणना हुँदा छोइसाङलाई हम्मे हम्मे हेटौंडा क्याम्पसमा अघि लागे मैनाली

मकवानपुर क्याम्पसमा ३०८ मत गणना हुँदा छोइसाङलाई हम्मे हम्मे हेटौंडा क्याम्पसमा अघि लागे मैनाली

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ चैत्र २०८१, ११:३८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ चैत्र २०८१, ११:३८

मकवानपुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको मतगणना जारि रहेको छ । पछिल्लो मतपरिणाम अनुसार अनेरास्ववियुका उमेद्वार प्रसिद्ध रेग्मीको अग्रता यथाबत रहंदा क्रान्तिकारीका उमेद्वार छोइसाङ लामाले रेग्मीलाई भेट्टाउन हम्मे हम्मे परेको छ। नेपाल विद्यार्थी संघको साथ पाएर चुनावी मैदानमा होमिएका रेग्मीले आफ्नो अग्रतालाई भने ३०८ मत गणना हुँदा सम्म कायमै राखेका छन ।

मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा जारि मत गणनाको पछिल्लो मतपरिणाम अनुसार  ३०८  मत गणना हुँदा सभापतिमा अखिल क्रान्तिकारीका उमेद्वार छोइसाङ लामाले १३२ मत प्राप्त गर्नु भएको छ भने अनेरास्ववियुका प्रसिद्ध रेग्मीले  १६५  मत प्राप्त गर्नु भएको छ । त्यस्तै सचिवमा उत्सव ढुंगानाले १६२  मत प्राप्त गर्दा क्रान्तिकारीका दिपेश कार्कीले १३७ मत प्राप्त गरेका हुन् ।

कोषाध्यक्ष पदमा अनेरास्ववियुका निर्दोश लुईटेल १७४ क्रान्तिकारिका अमन रायले १२४  मत प्राप्त गरेका छन ।

सदस्यहरुमा मनोज घलान १९३ उमेश चौधरी १७७ दिवस चापागाई १७१ साजिर अन्सारी १६६ कृषण लामा १६१ विवस अर्याल १३८ मन्दिप थापा १४७ अतित अधिकारिले १३१ मत प्राप्त गर्नु भएको छ । अखिल क्रान्तिकारी प्यानल बाट सदस्यमा उमेद्वार रहेका रोहण गिरी १०३ मिनेश पुडासैनी १५४ अर्पण बल १०७ पवित्रा बि.क. १०१ निर्मला गोले १०४ प्रेमी घलान १०६कुशल राज भटर्राई १३२ र रामकृष्ण घोरासैनीले ९० मत प्राप्त गरेका छन ।

मतगणना जारि रहेको छ । यता हेटौडा क्याम्पस हेटौंडाको पनि मत गणना शुरु भएको छ । हेटौंडा क्याम्पसमा ५० मत गणना हुँदा अनेरास्ववियुका अभि मैनालीले ३७ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका दिपक वाइबाले १३ मत प्राप्त गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस