मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा आज भएको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनको मतगणना शुरु भएको छ । देशभर बाट निर्वाचनको नतिजा आउने क्रम जारि रहेको अवस्थामा मकवानपुर बहुमुखी क्याम्पसको पनि पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ ।
दुई हजार छ सय ९८ जना मतदाता रहेको मकवानपुर बहुमुखी क्याम्पसमा एक हजार दुई सय ८१ मत खसेको निर्वाचन अधिकृत सन्देश विडारीले जानकारी गराउनु भएको थियो । मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको सयुंक्त प्यानल रहेको थियो भने यता नेकपा माओवादी निकट अखिल क्रान्तिकारी अखिल समाजबादी र राप्रपा निकट विद्यार्थी संघठन विच एलाइन्स भएको हो ।
पछिल्लो मत परिणाम अनुसार ५८ मत गणना हुँदा अखिल क्रान्तिकारीका उमेद्वार छोइसाङ लामाले २८ मत प्राप्त गर्नु भएको छ भने अनेरास्ववियुका प्रासिद्ध रेग्मीले समेत २८ मत प्राप्त गर्नु भएको छ । अन्यमा २ मत खसेको हो । मतगणना जारि रहेको छ ।










प्रतिक्रिया