रास्ट्रीय स्वतन्त्र पार्टी एवम समाजसेवी राष्ट्रिय स्वतन्त्र पार्टी भिमफेदी गाउँपालिका संस्थापक सभापति तथा हाल मकवानपुर क्षेत्र नम्बर–२ का सदस्य समेत रहेका सरोज बरालले भीमफेदी गाउँ पालिका ३ चिलाउनेमा रहेको श्री कालीदेवी आधारभूत विद्यालयका विद्यार्थीलाई बिद्यालय ब्याग र स्टेशनरी सामाग्री सहयोग गरेका हुन् ।
राजनीति संगै सामाजिक क्षेत्रमा सक्रिय रहेका बरालले भीमफेदी गाउँपालिका भित्र रहेका बिभिन्न बिद्यालयमा यस अघि पनि शैक्षिक सामाग्रीहरु सहयोग गर्दै आएका छन ।
समाजसेवी बरालले विद्यार्थी भाई बहिनीहरु लाई बिद्यालय प्रांगणमा उपस्थित गराई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका थिए । तिन कक्षा सम्म पढाइ हुने उक्त बिद्यालयमा आगामी दिनमा समेत आवश्यकता अनुसार सहयोग गर्ने बरालले प्रतिबद्धता जनाएको विद्यालयका प्रधानाध्यापकले बताए ।
युवा व्यवसायी समेत रहेका बरालले गत साता भीमफेदी गाउँपालिका वडा नम्वर ८ मा असोज १२ र १३ गते गएको बाढीपहिरो बाट घरखेत बगाउँदा पिडित भएका बलबहादुर कार्कीको परिवारलाई समाजसेवी बरालले सहयोग गर्दै आफ्नै लगानीमा निर्माण गरिदिको दुईकोठे घर एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए । भने बरालले विद्यालयहरुमा पोषाक वितरण, कोभिडको समयमा खाद्यान्न सहयोग, स्टेस्नरी सामान वितरण लगायतका सहयोग गर्दै आएका छन् ।
समाजसेवामा रमाउदै आएका बरालले समाजसेवालाई आगामी दिनमा समेत निरन्तरता दिने बताए कालीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक रोजिता रोक्काले आफ्नो बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकोमा बराललाई धन्यबाद ब्यक्त गरेकी हुन् ।










प्रतिक्रिया