त्रिभुवन विश्व विद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने तयारि गरे संगै नेपाल विद्यार्थी संघ मकवानपुरले आफ्ना गतिविधिलाई बिद्यार्थीमाझ लैजाने कार्य सुभारम्भ गरेको छ । नेपाल बिद्यार्थी संघले कलेज तथा बिद्यालयहरुमा समिति निर्माण देखि सदस्यता वितरण सम्मको कार्य गर्दै आएको पाइएको छ ।
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईं समितिको अध्यक्षमा सागर घिमिरे चयन भएका छन् । संघ केन्द्रीय सदस्य उमेशलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलाले घिमिरेको अध्यक्षतामा ४४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा गठन गरेको हो । नेपाल बिद्यार्थी संघमा रहेर लामो समय संघठन निर्माणमा सक्रिय रहेका घिमिरे मकवानपुरका बिद्यार्थीमाझ लोकप्रिय बिद्यार्थी नेताको रुपमा परिचित छन ।
समितिमा उपाध्यक्ष उत्सव न्यौपाने, निरप्रताव सिंह, प्रशान्त सापकोटा र अजित घिमिरे रहेका छन् । इकाईं सचिवमा उत्सव ढुंगाना र प्रमेश्वर अधिकारी, सहसचिव प्रज्ज्वल अधिकारी, निमिमा ढुंगाना विमला अधिकारी र राज चौलागाईं कोषाध्यक्ष क्रिशन थिङ र सदस्यहरुमा विज्ञान विडारी, उचित बजागाईं, मनिस बर्तौला र लोनिस सापकोटालगायत रहेका छन् ।
अध्यक्ष घिमिरेले नजिकिँदै गरेको स्वतन्त्र विद्यार्थीको निर्वाचनलाई लक्षित गरेर प्रत्येक संकायमा नयाँ कार्यसमिति गठन गर्ने आफ्नो पहिलो उद्देश्य रहेको बताए । ‘नेवि संघ विद्यार्थीहरुको सुखःदुखको साथी हो । हामी विद्यार्थीको हितमा काम गर्ने योजनाका साथ अगाडि बढेका छौं ।’, उनले प्रत्येक संकायमा समिति गठन गरेसँगै संघ अझै बलियो बन्ने दावी गरे । नेपाल बिद्यार्थी संघ आगामी स्ववियु निर्वाचनलाई लक्षित गरि एकताको सन्देश सहित बिभिन्न कार्यक्रम लिएर बिद्यार्थी सामु जाने इकाई सभापति घिमिरेले बताउनु भयो ।










प्रतिक्रिया