हेटौंडा ८ मा भोलि शिविर हुने

हेटौंडा ८ मा भोलि शिविर हुने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ फाल्गुन २०८१, ११:५० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ फाल्गुन २०८१, ११:५०

हेटौंडा उपमहानगरपालिका ८ नम्वर वडा कार्यालयको आयोजना कमाने सहरी स्वास्थ्य केन्द्रको संयोजन तथा परिवार नियोजन संघ मकवानपुर शाखाको प्राबिधिक सहयोगमा महिला स्त्री रोग विशेषज्ञ द्वारा पाठेघर मुखको क्यान्सर परिक्षण तथा महिला यौन रोग सम्बन्धि परामर्शको लागि एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको वडा अध्यक्ष राम थापाले एक सुचना मार्फत जानकारी गराएका हुन् ।

हेटौंडा उपमहानगरपालिका ८ नम्वर वडा कार्यालयको भवनमा संचालन हुने शिविर शनिवार बिहान १० बजे वाट सुरु रहने कार्यक्रमा रहेको वडा कार्यालय वाट जारि सुचनामा उल्लेख गरिएको हो ।

पछिल्लो समय महिला हरुमा पाठेघर मुखको क्यान्सर परिक्षण तथा महिला यौन रोग सम्बन्धि समस्याका कारण महिला हरु प्रताडित हुँदै आएको र परिक्षणको लागि स्वास्थ्य सेवा प्रदायक निकाय सम्म जान नसकेका कारण वडा कार्यालयको आयोजनामा निशुल्क सिविर संचालन गरेको अध्यक्ष राम थापाले बताउनु भयो । वडा भवनमा हुने निशुल्क शिविर कार्यक्रम बिहान १० बजे देखि ४ बजे सम्म संचालन आयोजकले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस