अनुमति नलिई चितवनमा न्यु ईरा एजुकेशन संचालनमा , काठमाण्डौको फ्रेंचाईज भन्दै मोटो रकम असुल्दै

अनुमति नलिई चितवनमा न्यु ईरा एजुकेशन संचालनमा , काठमाण्डौको फ्रेंचाईज भन्दै मोटो रकम असुल्दै

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ माघ २०८१, ०५:०३ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२७ माघ २०८१, ०५:०३

चितवनको भरतपुर १ पुल्चोकमा रहेको न्यु ईरा एजुकेशन कन्सल्टेन्सी अबैध रुपमा संचालन भएको पाइएको हो । न्यु ईरा एजुकेशन कन्सल्टेन्सी सामाजिक बिकास मन्त्रालय बागमती प्रदेशको शैक्षिक् परामर्श महाशाखा वाट कन्सल्टेन्सी संचालनको अनुमति नलिई अबैध रुपमा संचालनमा रहेको पाइएको छ ।

भरतपुर महानगरपालिकाको मुख्य बजारमा रहेको न्यु ईरा एजुकेशन कन्सल्टेन्सीले गैरकानुनीरुपमा कन्सल्टेन्सी संचालन गर्दै विद्यार्थीबाट बिभिन्न शिर्षकमा चर्को शुल्क उठाइरहेको पाइएको हो । उक्त कन्सल्टेन्सीले भिषा ग्यारेन्टी भन्दै भ्रामक प्रचार गरि बिद्यार्थी वाट चर्को शुल्क असुल्दै आएको छ

कन्सल्टेन्सी संचालन गर्न सामाजिक बिकास मन्त्रालयको शैक्षिक् परामर्श महाशाखा वाट अनुमति लिनु पर्नेमा उक्त कन्सल्टेन्सीले अनुमतिनै नलिई कन्सल्टेन्सीले विभिन्न भाषा शिक्षा तथा परामर्श सहित भिषा प्रक्रियाको  काम गरिरहेको पाईएको हो । कन्सल्टेन्सीले अधिकार प्राप्त परामर्शदाता समेत नराखी कन्सल्टेन्सी संचालन मापदण्ड बिपरित पुर्व तयारि कक्षा संचालन देखि भाषा शिक्षा भिषा प्रक्रिया सम्मको काम गर्दै आएको पाइएको हो । कन्सल्टेन्सीले हाल सम्म अनुमति प्राप्त नगरेको र काठमाण्डौ पुतलीसडक मा रहेको न्यु इरा एजुकेशन वाट फ्रेंचाईज लिएको बताउदै आएको भए पनि काठमाडौं पुतलीसडकमा रहेको न्यु इरा एजुकेशन समेत दर्ता नभएको पाइएको छ

युएसए, युके, क्यानाडा, जापान, साउथ कोरिया,न्युजिल्यान्ड,लगायतका भाषा शिक्षा तथा भिसा प्रक्रियाको कामसमेत कन्सल्टेन्सीले अबैध रुपमा गर्ने गरेको पाइएको छ । अबैध रुपमा संचालन भएको उक्त कन्सल्टेन्सी वाट भाषा शिक्षा पुर्व तयारि कक्षा भिषा प्रक्रिया समेतका काम गरिरहेका परिक्षार्थिहरुको भविष्य माथिनै खेलवाड गर्ने गरि अबैध रुपमा कन्सल्टेन्सी संचालन भएको हो ।

न्यु ईरा एजुकेशन कन्सल्टेन्सीले  सम्बन्धित काउन्सिलर नै नराखी काउन्सिलिङ गर्दै मोटो रकम असुली गर्ने गरेको, विद्यार्थीको राहधानीसमेत कन्सल्टेन्सीमै राखेर बैदेशिक शिक्षा तथा रोजगारका लागि भन्दै रकम असुल्ने गरेको छ । कन्सल्टेन्सीले म्यानपावर समेतको काम गर्ने गरेको तथ्य बाहिरिएको भए पनि अबैध रुपमा संचालित उक्त कन्सल्टेन्सीलाई सामाजिक बिकास मन्त्रालयले नियमन गर्न नसक्नुले अबैध संस्था संचालकलाई सामाजिक बिकास मन्त्रालयको शैक्षिक् परामर्श महाशाखा समेतको अबैध संस्था संचालन गर्न साथ् रहेको प्रस्ट हुने श्रोतको दावी रहेको छ ।

गैरकानुनीरुपमा सस्था संचालन गरी विद्यार्थीसंग मोटो रकम असुलिरहेको न्यु ईरा एजुकेशन कन्सल्टेन्सीलाई सम्बन्धित कुनै निकायले पनि अनुगमन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । अबैध रुपमा कन्सल्टेन्सी संचालन गर्दा समेत सामाजिक बिकास मन्त्रालय मातहतमा रहेको शैक्षिक् परामर्श महाशाखामा कार्यरत कर्मचारीले अनुगमन तथा नियमनको काम नगर्नुले अबैध संस्था संचालकहरुको प्रभावमा परेको आरोप लाग्दै आएको छ  ।

गैरकानुनी रुपमा विभिन्न देशको भाषा शिक्षा र मेनपावरको काम गर्ने यस कन्सल्टेन्सीमा अध्यापन गराउने शिक्षक र काउन्सीलर (परामर्शदाता) समेत सम्बन्धित निकायबाट तालिम प्राप्त नभएको र सम्बन्धित शैक्षिक प्रमाणपत्र नभएको व्यक्ति रहेको पाइएको छ । न्यु ईरा एजुकेशन कन्सल्टेन्सीले पुर्व तयारी कक्षा र आएल्स र टोफेल्सलगायतका कक्षा संचालन गरिरहेको छ भने अनुमति भने कुनैमा लिएको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस