हेटौंडा उपमहानगरपालिका १२ का लोकप्रिय व्यक्तित्व समाजसेवी युवा व्यबसायी युनेश स्याङ्तानले आज एक कार्यक्रमका बीच हेटौडा १२ मा यहि मंसिर १६ गते हुने उप-निर्वाचनमा नेकपा माओबादी केन्द्रका युवा नेता समाजसेवी रवी कुमार प्रधान रविन लाई समर्थ जनाउदै उमेद्वारी फिर्ता लिएका छन । हेटौडा १२ का जनता बीच निक्कै लोकप्रिय युवा युनेशले नेकपा माओबादीका उमेद्वार रबिनलाई समर्थन भए पछी मंसिर १६ गते हुने उप-निर्वाचनमा रबिन प्रधानको पल्ला भारि हुने आंकलन गरिएको छ ।
आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि उम्मेद्वारी दिएका मध्ये स्वतन्त्र उम्मेद्वारी दिएका युनेश लामा स्याङ्तानले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यलयमा उम्मेद्वारी फिर्ता लिए पश्चात स्याङ्तानले पत्रकार सम्मेलन मार्फत प्रेस बिज्ञप्ती जारी गर्दै नेकपा ९माओवादी केन्द्र० का उम्मेद्वार रबिकुमार प्रधान ९रविन०लाई समर्थन गर्ने जानकारी दिएका छन् ।
स्याङ्तानले वडाको विकासका लागि माओवादी केन्द्रका उम्मेद्वार रबिकुमार प्रधान ९रविन० उपयुक्त भएकोले उनलाई समर्थन गरेको बताए ।
नेपाल समाजवादी पार्टीका जिल्ला नेतासमेत रहेका स्याङ्तानले आफ्नो पार्टीले समेत स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारलाई सघाउने निर्णय गरे अनुसार आफुले उम्मेद्वारी फिर्ता लिएको बताए ।
उम्मेद्वारी फिर्ता लिएर आफुलाई सहयोग गर्ने प्रतिबद्धता दिएका स्याङ्तानलाई धन्यवाद दिँदै नेकपा ९माओवादी केन्द्र० का वडाअध्यक्ष पदका उम्मेद्वार रबिकुमार प्रधान ९रविन०ले वडाको विकासको लागि सधै सबै पक्षसंग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
उम्मेद्वार प्रधानले आफु सबै वडाबासीको साझा उम्मेद्वारको रुपमा प्रस्तुत भएको र वडाको विकासमा न्योचित ढंगले लाग्ने बताए । प्रधानले आफुलाई मतदान गरी निर्वाचित गराउन सम्पूर्ण वडावासीलाई अनुरोध समेत गरे । पत्रकार सम्मेलनमा नेकपा ९माओवादी केन्द्र० का प्रदेश कमिटी सचिवालय सदस्य एवम् मकवानपुर सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, १२ नंं। वडा अध्यक्ष रामहरि पोखरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज ध्रुवराज ढकाल, अध्यक्ष अञ्जली थापा लगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया