जेसीज दौडको उपाधी न्यौपानेलाई

जेसीज दौडको उपाधी न्यौपानेलाई

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ मंसिर २०८१, ०७:१८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ मंसिर २०८१, ०७:१८

चैनपुर जेसीज मनहरीको जेसीज सप्ताह अन्तर्गत शनिबार भएको जेसीज दौड प्रतियोगिताको उपाधी दिपेन्द्र न्यौपानेले जितेका छन् । अन्य १८ सहभागीलाई उछिन्दै न्यौपानेले उपाधी जितेका हुन् । दौडमा अनिष प्रजा दोस्रो, विजय स्याङ्बो तेस्रो र अजित मोक्तान सान्त्वना भए । दौडको विजेताहरुलाई यही मंसिर ३ गते हुने जेसीज सप्ताह तथा फुटबल प्रतियोगिताको समापनमा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक राजकुमार तिमल्सिनाको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष रविन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी थापाले जेसीजले मनहरी क्षेत्रमा खेलकुद, सचेतनामुलक कार्यक्रमसहित विभिन्न गतिविधि गरिरहेकोप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताए । मनहरी ४ कै मुख्य प्रायोजनमा गोलघर खेल मैदानमा खुला फुटबल प्रतियोगिता समेत भैरहेको छ ।कार्यक्रममा लामिटार मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रघुनाथ खतिवडा, जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, पशुपतिनाथ माविका शिक्षक ईश्वर रिजाल, नवज्योति प्राविका शिक्षक नवीन रेग्मी लगायतको आतिथ्यता रहेको थियो । जेसीजले फुटबल संगै जेसीज सप्ताह समेत आयोजना गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस