मंसीर १६ गते हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुने भए पछी यति बेला हेटौडा उपमहानगरपालिका १२ नम्बर वडामा चुनावी सरगर्मी बढेको छ भने उमेद्वारहरु चुनावी गतिविधिमा सक्रिय भएर लागेको अवस्थामा नेपाली कांग्रेस बाट टिकट पाएका अर्जुन तिवारीको एक पछी अर्को काण्डले नेपाली कांग्रेस मकवानपुर प्रति मतदाता र मकवानपुरे नागरिकनै रुस्ट बनेका छन ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । नेपालि कांग्रेस मकवानपुरले उमेद्वार सिफारिस गरेका व्यक्तिले चोरीको बाईक प्रयोग गरि हेटौडाका एक पत्रकारलाई फसाउने काम गरेको रहस्य बाहिरीएको हो ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला कमिटि सदस्य समेत रहेका अर्जुन तिवारीले प्रयोग गर्दै आएको बुलेट बाईक चोरीको भएको र बाईकको नम्बर परिवर्तन गरि चलाउदै आएको रहस्य बाहिरिएको हो । तिवारीले प्रयोग गरेको बुलेट बाईकमा भएको नम्बर उक्त बुलेट बईकको नम्बर नरहेको र उक्त नम्बर यातायात ब्यबस्था कार्यालयमा यमाह कम्पनीको रे जेट स्कुटरको नम्बर रहेको पाहिएको हो । चितवन भरतपुर महानगरपालिका १ घर भएका अधिकारी थर भएका एक प्रयोग गरेको स्कुटरको नम्बर राखी तिवारीले चोरीको बुलेट बाईक चलाउँदै आएको तथ्य समेत बाहिरीए पछी नेपाली कांग्रेस मकवानपुरले उपनिर्वाचनमा उठाएको उमेद्वारको कारण पार्टीनै बदनाम हुने स्थिति रहेको पाहिएको छ ।
आगामी १६ मंसिरमा हेटौडा उपमहानगरपालिका १२ नम्बर वडामा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले उठाएको उमेद्वार तिवारीले प्रयोग गरेको बुलेट बाईकमा तिवारीले प्रदेश ३-०३-००२-७९३२ नम्बर राखी चलाउदै आएका थिए उक्त नम्बर चितवनका अधिकारीले चलाउने स्कुटरको रहेको पाहिएको हो । तिवारीले प्रयोग गर्दै आएको बुलेट बाईक चोरीको बाईक भएको र फर्जी नम्बर राखी चलाएको तथ्य बाहिरिएको हो । चोरीको बाईक चलाउने यातायात कार्यालयमा दर्ता भएको अन्य बाईकको नम्बर राखी फर्जी काम गर्ने लाई नेपाली कांग्रेसले उमेद्वार बनाए पछी कांग्रेस मकवानपुरको कार्यशैलीले चोरलाई चौतारा र सज्जनलाई सुली भने जस्तै भएको छ ।
नेपाली काङ्ग्रेसले निकै विवादित ब्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाए पछी मकवानपुरे कांग्रेसीहरु रुस्ट भएको श्रोतको दावी छ । तिवारी तिनै व्यक्ति हुन् जसले हेटौंडाका एक पत्रकारलाई फसाउन पैसाको लोभ देखाएर गाउँको एक महिला प्रयोग गरेर झुठो मुद्दा चलाउन उक्साएका थिए ।
तिवारीले ०७९ चैत ३० मा एक महिलालाई पैसाको लोभ देखाएर हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा रमेशलाई झुठो मुद्दा चलाउन लगाएका थिए । उनले ति महिलालाई उक्त चोरीको बाईकमा राखी हेटौडा १० मा रहेको सिसौघारीलाई नक्कली घटना स्थल बनाउन लगेको फुटेज हेटौडा खबरले सार्वजनीक गरे पछी तिवारीले उक्त बुलेट बाईक अनुसन्धानमा तानिने डरले गायब बनाएका थिए भने हाल सम्म पनि उक्त बुलेट बाईक गायबनै रहेको नेपाली कांग्रेसका एक जिल्ला सदस्यले बताए । कहिले पत्रकार फसाउने त् कहिले चोरीको बाईक प्रयोग गर्ने लाई मकवानपुर कांग्रेसले उप-निर्वाचनको टिकट दिए पछी मकवानपुर कांग्रेस आलोचित बन्दै गएको छ । नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामालाई बाईक चोरीको प्रयोग गर्नेलाई किन उमेद्वार बनाउनु भएको भनि प्रतिक्रिया लिंदा लामाले बुझेर सल्लाह गर्ने प्रतिक्रिया दिए ।










प्रतिक्रिया