पत्रकार फसाउने तिवारीलाई टिकट दिए पछी मकवानपुर कांग्रेस रुस्ट

पत्रकार फसाउने तिवारीलाई टिकट दिए पछी मकवानपुर कांग्रेस रुस्ट

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ कार्तिक २०८१, १२:१४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ कार्तिक २०८१, १२:१४

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा उपनिर्वाचन हुँदैछ । २०७९ वैशाखमा भएको स्थानीय तहका् निर्वाचनबाट वडा अध्यक्षमा विजयी ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

आगामी १६ मंसिरमा मकवानपुरको यही वडामा मात्र निर्वाचन हुँदैछ । वडाध्यक्षको निर्वाचनमा मुख्यतः तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने गत निर्वाचनको मतपरिणामले देखाए पनि पछिल्लो गतिविधिले नेपालि कांग्रेसले उठाएको उमेद्वारको कारण कांग्रेसलाई ठुलो धक्का लाग्ने श्रोतको दाबि छ । तीनवटै दलले उम्मेद्वार टुंग्याएका छन् । कांग्रेसले अर्जुन तिवारीलाई, एमालेले युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका राजेश नगरकोटी र माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

वडामा अन्य साना दलले पनि उम्मेदवार उठाएपनि तिन ठुला दल बिचनै प्रतिस्पर्धा हुने निश्चित छ । यी तिन दलमध्ये नेपाली काङ्ग्रेसले निकै विवादित ब्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ तिवारी तिनै व्यक्ति हुन् जसले हेटौंडाका एक पत्रकारलाई फसाउन पैसाको लोभ देखाएर गाउँको एक महिला प्रयोग गरेर झुठो मुद्दा चलाउन उक्साएका थिए ।

तिवारीले ०७९ चैत ३० मा एक महिलालाई पैसाको लोभ देखाएर हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा  रमेशलाई झुठो मुद्दा चलाउन लगाएका थिए । उनले ति महिलालाई बन्जराले मलाई राप्ति खोलाको बगरमा लगेर जबर्जस्ती करणी गरेको हो भन्नु भन्दै सिकाएर उजुरी दिन लगाएका थिए । कांग्रेसका केहि जिल्ला नेता तथा कार्यकर्ताको मिलेमतोमा तिवारीले ति महिलालाई प्रयोग गरेका थिए तिवारीको उक्साहटमा चलेको झुठो मुद्दामा तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी बामदेव गौतमले पनि निकै सहयोग गरेका थिए । तिवारी तिनै हुन जसलाई ने क पा माओबादीले उनि माओबादीमा हुँदा काठ तस्करी गरेको लगायतका गतिविधिमा रहेको भन्दै माओबादीले पार्टी वाट हटाइएका थिए भने अहिले उनि नेपालि कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँको खास पात्रको रुपमा आफुलाई परिचित गराउदै आएका छन ।

तिवारीले एक महिलालाई आफुले चलाएको बुलेट मोटरसाइकलको पछाडी राखेर राप्ती खोला किनारको जंगलमा नक्कली घटनास्थल बनाएर ठाउँ देखाएर लिएर आएको सिसिटिभी फुटेज हेटौंडाखबरले सार्वजनिक गरेको थियो । पछी बन्जाराविरुद्ध जाहेरी दिएकी महिलाले बन्जारालाई फसाउन सहयोग नगरे गोली हानी मारीदिने धम्कि दिएको भन्दै उनले अदालातमा बयान दिएकी थिईन् । उनले आफुलाई झुक्याएर जाहेरीमा सहीछाप गर्न लगाएकोसमेत बताएकी थिइन्  । अर्जुन तिवारी भन्ने व्यक्तिले राप्ती खोला नजिकको सिसौघारीमा लगेर ल्याएको, बन्जरासंग भने उक्त स्थानमा आफु जाँदै नगएको उनको बयानमा उल्लेख छ ।

 

यो मुद्दा हाल किनारा लागिसकेको छ । जिल्ला अदालत मकवानपुरले जाहेरवालाको दाबि नपुग्ने भन्दै फैसला सुनाइसकेको छ भने महान्यायाधिवक्ताको कार्यालयले मुद्धा चलाउनु नपर्ने आदेश गरि सकेको छ । पत्रकार बन्जाराले घटनाका मुख्य योजनाकार तिवारीलाई मुद्धा हाल्ने तयारी गएको बन्जारा निकट वकिलले जानकारी गराएका छन ।

त्यस्तै तिवारीले मकवानपुर प्रहरी कार्यालयमा आएका केही मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने गरेको, अदालतमा समेत मुद्दा मिलाइदिन्छु भन्दै रकम उठाउने र रकम दिने व्यक्ति कारागार गएपछी तिवारी सम्पर्कविहिन हुने गरेको उनीबाट पिडित व्यक्ति बताउछन् । तिवारीले नक्कली लाइसेन्स बनाई पदमपोखरीका एक थापा थरका व्यक्ति संग २५ हजार लिएको र ति थापा नाम गरेका व्यक्ति लाइसेन्स किर्ते मुद्धामा कारागारमा रहेको थापाका आफन्तले बताएका छन ।

यस्ता गलत क्रियाकालापको छवी बनाएका तिवारीलाई कांग्रेस मकवानपुरले वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यस अघिको निर्वाचनमा पनि उनि उम्मेदवार बनेका थिए  माओबादीको तर्फबाट ललित घलानले चुनाब जितेपछी उनि दोस्रो भएका थिए । तिवारिलाई कांग्रेसले टिकट दिए पछी मकवानपुर कांग्रेसका नेता कार्यकर्ता रुस्ट देखिएको कांग्रेस निकट श्रोतको दाबि छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस