हेटौंडामा रहेको टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी सस्थामा करोडौं रकम अपचलन भएको जानकारी हुँदा हुँदै पनि जिल्ला बचत संघ, मकवानपुरले लाखौ ऋण लगानी गरेको पाइएको छ ।
हेटौंडा२कान्तिराजपथमा रहेको टिपिकल (विलक्षण) बचत तथा ऋण सहकारी सस्थामा कार्यरत कर्मचारीहरुले करोडौं रकम अपचलन गरेको थाहा हुँदा पनि बचत संघ मकवानपुरले समस्याग्रस्त सहकारीलाई लाखौ ऋण प्रवाह गर्नुले बचत संघको पछिल्लो कार्यशैली प्रति नागरिकले गुनासो गर्न थालेको बुझिएको छ । सस्थाका अघिल्लो कार्यकालका अध्यक्ष विश्वराज बानियाँको पालामा सहकारीको व्यवस्थापक, लेखापाल,सह-लेखापाल लगायतले करोडौं रकम हिनामिना गरेका थिए ।
सहकारीका कर्मचारीलेनै रकम हिनामिना गरे पछी संघले ३० लाख रुपैयाँ उक्त सहकारीमा ऋण लगानी गरेको हो । सहकारीका रकम जम्मा गर्ने बचतकर्ताको रकमनै जोखिममा परेका बेला संघले समेत सहकारीलाई ऋण दिएको हो । सहकारीमा अपचलन भएको थाहा हुँदाहुदै ३० लाख ऋण लगानी गरेको जिल्ला बचत संघ, मकवानपुरकी व्यवस्थापक सुमित्र कुमारी वाइबाले बताइन् ।
सहकारीमा कर्मचारीले रकम हिनामिना गरेपछी आफ्ना बचतकर्ताको बचत रकमसमेत सहकारीले दिन सकेको छैन । सहकारीले बचत रकम नदिएपछि बचतकर्ताले गुनासो गरेका छन् । सामान्य बचत रकम समेत बचतकर्ताले महिनौ सम्म ताकेता गर्दा पनि पाउन नसकेको बचतकर्ताको आरोप रहेको छ ।
जम्मा गरेको रकम कर्मचारीले हिनामिना गरेपछी टिपिकल सहकारीका बचतकर्ता आफ्नो रकम नपाइने होकी भन्ने चिन्तामा रहेका छन् । उता हेटौंडा उपमहानगरपालिकाले टिपिकल बचत तथा ऋण सहकारी सस्थामा भएको अपचलनको विषयमा छलफल र बैठक बोलाइरहेको छ ।
यस सहकारीमा ३ सय बढी बचतकर्ता रहेका छन् । जिल्ला बचत संघमा आवद्ध यो सहकारीले लामो समयदेखि आफ्ना बचतकार्ताको रकम फिर्ता गर्न आनाकानी गर्दै आइरहेको छ । जिल्ला बचत संग मकवानापुरले बचतकर्ताको रकम फिर्ता गर्न गराउन समेत कुनै पहल नगरेको तर करोडौ हिनामिना भएको सहकारीलाई ऋण प्रवाह गर्न अग्रसर भएको आरोप बचत संघलाई लाग्दै आएको छ ।










प्रतिक्रिया