कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

कवि यश लामाको ‘बहिष्कृत आवाज’ सार्वजनिक

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ आश्विन २०८१, ०९:१० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
६ आश्विन २०८१, ०९:१०

नेपाली भाषा साहित्यमा भुई मान्छे हरुको दैनिक देशको परिस्थिति श्रमिक बर्गको पिडा कुना कन्दरामा रहेको आवाज बिहिन हरुको आवाजलाई टपक्कै टिपेर भाषा कला र उठान गर्न खोजेको विम्ब लाई मौलिकता झल्कने गरि कवितामा उतार्न सक्ने एक सशक्त कवि यश लामा लामो समयदेखि मकवानपुरलाई कर्म क्षेत्र बनाउँदै आएका कवि लामाको पहिलो कविता कृति ‘बहिष्कृत आवाज’ सार्वजनिक गरिएको छ।

शनिबार हेटौडामा भएको एक साहित्यिक कार्यक्रममा डा.रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उनकी छोरीले कवितासंग्रह सार्वजनिक गरेका हुन् ।

बाराको निजगढ नगरपालिका– ७ का स्थायीवासी लामाले करिब १० वर्षको अवधिमा लेखेका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गरिएको छ। कवितासंग्रहमा सामाजिक रूपमा पछाडि परेका र समाजबाट बहिष्कृत भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाले बताए ।

सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गरेका थिए । साहित्यकार निमेष निखिलले  कवि यश लामाको व्यक्तित्व माथि चित्रण गरेको कार्यक्रममा कवि तथा साहित्यकार शान्ति प्रियबन्दना र शुक्र अतितले बहिष्कृत आवाज कबिता संग्रह बाट कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस