ललितपुर जिल्लाको वागमती गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा पालिका बाट अनियमितता भएको अन्य प्रमाणहरु समेत बाहिरिएको छ ।
वागमती गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट बाट चरम अनियमितता गरेको लुटको सामराज्यनै गरेको पाहिएको हो । पालिका अध्यक्ष बिर बहादुर लोप्चन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृतको मिलेमहत्वमा राज्यको पैसामा लुटतन्त्रको साम्राज्यनै खडा गरेको भेटिएको हो । ललितपुर जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा ख अन्तर्गतका साविक सातवटा गा.वि.स.हरु घुसेल्, माल्टा, भट्टेडाँडा, प्युटार्, इकुडोल्, आश्राङ, गिम्दीलाई एकीकृत गरि देश संघिय संरचनामा गए पछी बनेको वागमती गाउँपालिकामा सात वडा रहेका छन । तिनै सात वडा बाटनै पालिकाका टाठाबाठा मिलेर लुट सामराज्यनै चलाएको तथ्य भेटिएको हो ।
ललितपुरको वागमती गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा पालिकाको कर दायित्व अन्तर्गत वित्तीय प्रतिबेदन (मा.ले.प्.फा.न २७२) आर्थिक बर्षको अन्त्यमा विभिन्न भुक्तानिहरुमा कट्टी गरेको कर दायित्व रु छ लाख ४६ हजार २ सय ८२ रुपयाँ ३८ पैसा देखाएको र पालिकाले लेखा परिक्षण गर्दा उक्त रकम प्रतिबेदनमा नराखी अनियमितता गरेको प्रमाण पाहिएको हो । कस्ले खायो गाउँपालिकाको छ लाख ४६ हजार २ सय ८२ रुपयाँ ३८ पैसा खोजिको बिषय बनेको छ । पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले मात्र यो काम गरेका हुन् कि लेखा शाखा राजस्व शाखा समेतले र्याल काड्न पाए पालिकानै जानकार होला । महालेखा प्रतिबेदनमा उक्त रकम असुल गर्नु पर्ने उल्लेख भएको भए पनि दाखिला वा असुल को बाट गर्नु पर्ने हो भन्ने बिषय गौण बनेको छ ।

वागमती गाउँपालिका ललितपुरका अध्यक्ष सहितको कर्मचारी मिलि भगतमा पालिका भित्र जम्मा हुने राजस्व रकमनै गायब भएको तथ्य समेत बाहिरिएको छ । पालिका भित्रका ७ वटा वडा कार्यालय बाट स्थानीय नागरिकले जम्मा गरेको मालपोत नगदी रकमनै हेराफेरी भएको हो । आर्थिक बर्ष २०७९/०८० मा ७ वटा वडा बाट जम्मा भएको ६ लाख ६७ हजार ८ सय ७ रुपयाँ जम्मा भएकोमा पालिकाले पालिकाको राजस्व खातामा चार लाख ९१ हजार १ सय ५७ रुपयाँ मात्र दाखिला गरि बाँकी रहेको एक लाख ७६ हजार ६ सय पाचास रुपयाँ गायब भएको पाहिएको छ । कस्ले खायो एक लाख ७६ हजार ६ सय पाचास रुपयाँ ? जनताले तिरेको राजस्वमा पालिकाको रजाई कहिले सम्म ? को हो नियामक निकाय आम नागरिकको प्रश्न रहेको छ ।
पालिकाले वागमती प्रदेश सरकारको आर्थिक ऐन २०७९ को दफा ९ मा उल्लेख भएको ढुंगा, गिट्टी, बालुवा,दहत्तर बहत्तर शुल्क संकलन कार्यविधिलाई समेत अटेर गरि कमिसनको खेलमा लागेको पाहिएको हो । पालिकाले वडा नम्बर २ र ३ को ढुंगा गिट्टी बालुवा उत्खनन तथा बिक्रीको सुचना प्रकाशन गरेको र कुनै पनि फर्मले उत्खनन तथा बिक्रि गर्ने आसय पेस नगरे पछी पालिकाले २ जना कर्मचारी राखी उत्खनन तथा बिक्रि गर्ने गरि २६ प्याड रसिद प्रयोग गरि अमानत बाट एकतिस लाख ५४ हजार ८४ रुपयाँ संकलन गरेको भए पनि बैक दाखिला सत्ताइस लाख ६४ हजार ८६ रुपयाँ मात्र दाखिला गरि बिचैमा चार लाख २८ हजार ९ सय ९६ रुपयाँ झ्वाम पारेको रहस्य समेत फेला परेको छ । पालिका बिशेष स्रोतले बताए अनुसार पालिकाका कर्मचारी र जनप्रतिनिधि मिलेर उक्त रकम झ्वाम पारेको र दोष भने कर्मचारी बिजय भोम्जनलाइ लगाएको बताए । महालेखा प्रतिबेदनले उक्त चार लाख २८ हजार ९ सय ९६ रुपयाँ असुल गर्नु पर्ने प्रतिबेदनमा उल्लेख गरेको छ ।










प्रतिक्रिया