ललितपुर जिल्लाको बागमती गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा बिभिन्न शिर्षकमा चरम अनियमितता गरेको महालेखा परिक्षणमा उल्लेख भएको छ । महालेखा परिक्षकको २०८०/०८१ मा सार्वजनिक भएको प्रतिबेदन अनुसार बागमती गाउँपालिका ललितपुरको बेरुजु रकम एक करोड ७७ लाख बढी देखिएको छ भने पालिकाको हाल सम्म को बेरुजु रकम एक्काईस करोड ७७ लाख ७४ हजार रहेको छ । पालिकाले गत बर्ष मात्र बिभिन्न शिर्षक मिलान गरि चरम अनियमितता गरेको बिना बिल भरपाई भुक्तानी गरेको र पालिका संचालन कार्यविधि बिपरित पेश्की रकम दिएको महालेखाले उल्लेख गरेको हो ।
“कहिँ नभएको जात्रा हाँडीगाउँमा” भने जस्तै बागमती गाउँपालिका ललितपुर भित्र उस्तै कार्य देखिएको छ । पालिकामा कार्यरत साखा अधिकृतहरुले प्रयोग गरेको मोबाइल रिचार्जमा मात्र एक लाख १२ हजार छ सय खर्च भएको पाहिएको हो । पालिका भित्र जम्मा कति जना हुन्छन साखा अधिकृत? कति जनाको कुन मोबाइल नम्बरमा कति रिचार्ज गरिएको हो कुनै पनि विवरण समाबेश नगरी पालिकाले उक्त रकम साखा अधिकृत हरुको मोबाइल रिचार्ज खर्च भनि भुक्तानी गरि राज्यको पैसामा लुट तन्त्रनै मच्याएको पाहिएको छ । मोबाइल रिचार्जको नाममा चरम अनियमितता गरेको पालिकाले कार्यालय मसलन्द खर्चमा समेत ३२ लाख भुक्तानी गरि अनियमितता गरेको प्रतिबेदनमा उल्लेख भएको छ । सरसर्ती हेर्दा बागमती गाउँपालिका ललितपुरको कार्यालयलाई लक्षित् गरेरनै गायक पशुपति शर्माले लुट्न सके लुट कान्छा नेपालमै हो छुट भन्ने गीत गाएको भान हुने गरि पालिकाले लुट तन्त्रनै मच्याउने काम गर्दा नियमनकारी निकायको ध्यान भने जान सकेको छैन ।
पालिकाले सवारी साधन भाडामा समेत एकै प्रकृतिको कामको लागि पनि फरक फरक भाडा रेट बनाई भुक्तानी गरि सवारी साधन भाडामा समेत अनियमितता गरेको पाहिएको हो । पालिका बाट हरितालिका तिजको नाममा खाद्यान्नको बिल पेश गरि दुई लाख ५० हजार अनियमितता गरेको पालिकाले पालिका भित्र नरहेको नाफा मुलक संस्था दक्षिण ललितपुर ग्रामिण बिधुत सहकारी संस्थालाई पहुँचको आधारमा आठ लाख ४९ हजार बढी रकम भुक्तानी गरि अनियमितता गरेको छ ।
पालिकाले पालिका भित्र रहेका स्वास्थ्य संस्थालाई वितरण गर्ने औषधी खरिदमा समेत चरम लुट तन्त्रनै गरेको पाहिएको हो । पालिकाले बागमती गाउँपालिका भित्र रहेका बिरामी लाई उपलब्ध गराउने औषधी समेत डुप्लिकेट खरिद गरेको पाहिएको छ । जनताको प्रतक्ष्य जीवन संग सरोकार राख्ने स्वास्थ्यमा समेत पालिकाले कमिसन खोजेको आरोप पालिकालाई लाग्ने गरेको छ । पालिकाले खरिद गरेको नौ लाख ४८ हजारको औषधीमा उत्पादन मिति उपभोग मिति ब्याच नम्बर केहि नभएको पाहिएको महालेखा प्रतिबेदनमा उल्लेख भएको छ । जनताको स्वास्थ्यमा पालिकाको खेलवाड कहिले सम्म ? नागरिकको स्वास्थ्यलाई लिलामी राखी पालिका संचालकहरु कहिले सम्म धनि बन्ने हो कहिले सम्म यो लुट चली रहने हो ।










प्रतिक्रिया