महाङ्काल गाउँपालिकाले आश्विन ४ गते संबिधान दिवस मनाउने

महाङ्काल गाउँपालिकाले आश्विन ४ गते संबिधान दिवस मनाउने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ आश्विन २०८१, ०९:२१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ आश्विन २०८१, ०९:२१

ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको कार्यालयले आश्विन ४ गते बिशेष कार्यक्रम गरि संबिधान दिवस तथा राष्ट्रिय दिवस मनाउने भएको छ । पालिकाले भाद्र ३१गते एक सुचना प्रकाशन गरि उक्त दिन महाङ्काल गाउँपालिकाको वडा कार्यालयमा दिवस मनाउने तयारि गरेको हो ।

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भए पछी यो दिवास मनाउन थालिएको हो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस भएका कारण महाङ्काल गाउँपालिकाले यो दिवसलाई पालिका भित्र उत्सबको रुपमा मनाउन थालेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताउनु भयो ।

महाङ्काल गाउँपालिकाले यो बर्षको संबिधान दिवस तथा राष्ट्रिय दिवस भब्य रुपमा बिबिध कार्यक्रम गरि मनाउने तयारि गरेको पालिकाले जनाएको छ । पालिकाका सुचना अधिकारि शुरेश न्यौपानेले एक सुचना प्रकाशन गर्दै पालिका भित्र रहेका सरकारी तथा गैह्र सहकारी संघ संस्था , विभिन्न राजानिक दल,सामाजिक अभियान्ता, समाजसेवी, बुद्दिजीबी तथा आम पालिकावासी सर्वसाधारण नागरिकलाई उक्त कार्यक्रममा उपस्थित हुन् जानकारी गराएको छ । सरकारले २,३ र ४ गते लाई संबिधान दिवस तथा राष्ट्रिय दिवस मनाउने घोषणा गरे संगै महाङ्काल गाउँपालिकाले आश्विन ४ गते मनाउने तयारि गरेको बताएको छ ।

नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। पछिल्लो समय नेपालको संविधान २०७२जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस