कोन्ज्योसोममा सरकारी पैसामा व्यक्तिको रजाई

कोन्ज्योसोममा सरकारी पैसामा व्यक्तिको रजाई

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ भाद्र २०८१, ११:११ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ भाद्र २०८१, ११:११

ललितपुर जिल्लाको कोन्ज्योसोम गाउँपालिकाले तिज कार्यक्रम मनाउन एक लाख सोर्ह हजार नै सय चालिस रुपयाँ व्यक्तिलाई दिएको भन्दै महालेखा प्रतिबेदनले बेरुजु देखाएको छ ।

कोन्ज्योसोम गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को महालेखा प्रतिबेदनमा तिज खर्चको नाममा कबिता नगरकोटीलाइ दिईएको रकम बेरुजु निस्किएको हो गाउँपालिका व्यक्तिको नाममा यसरि रकम निकास गर्न मिल्छ कि मिल्दैन भन्ने बिषय चर्चाको बिषय बनेको छ ।

गाउँपालिका अध्यक्षको सिफारिसमा उक्त रकम दिएको रहस्य बाहिरिएको हो, रकम कस्तो खाले तिज मनाउनलाई दिएको हो पालिका बाट यसरि दिन मिल्छ कि मिल्दैन पालिकालाई नै थाहा होला एक कर्मचारीले गुनासो गरे उनि भन्छन “गाउँमा आर्थिक अभाबले कयौ बिद्यार्थी बिद्यालय जान बाट बन्चित भएका छन पालिकाले त्यता ध्यान दिन सकेको छैन तर तिज मनाउन लाइ यति ठुलो रकम भुक्तानी गरेको छ त्यो पनि व्यक्तिको नाममा यो त पालिकाले अनियमिततानै गरेको हो” उनले गुनासो पोखे ।

पालिकाले चरम आर्थिक अनियमितता गर्ने गरेको समेत महालेखा प्रतिबेदनमा उल्लेख भएको छ। पालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत अनियमितता गरेको पालिकाले सार्वजनीक खरिद नियमावली तर्जुमा नगरेको सार्वजनिक खरिद ऐन २०६३ को नियम ६ अनुसार कुनै काम नगरी आफु खुशी खरिद प्रक्रिया गरेको सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ अनुसार पालिकाले सम्पन्न गरेको निर्माण कार्य उपभोक्ता समितिलाई हस्तान्तरण गर्नु पर्नेमा हाल सम्म पनि नगरेको जस्ता बिषय प्रतिबेदनमा उल्लेख भएको छ ।

पालिका भित्र पालिका बाट निर्माण भएका भौतिक निर्माणका योजनामा प्रयोग भएका सामाग्रीहरुको गुणस्तर परिक्षण समेत नगरी पालिकाले भुक्तानी दिने गरेको पाहिएको छ। पालिकाले शिक्षा क्षेत्रमा समेत मनोमानी नियुक्ति देखि सरुवा बढुवाको काम गर्ने गरेको समेत पाहिएको हो पालिकाले बिभिन्न बैठक तथा गोष्टी आयोजना गरेको नाममा तिन लाख ७३ हजार बढी रकम पालिका वाट खर्च भएको हिसाब देखाई अनियमितता गरेको पाहिएको छ ।

पालिकाले मनोरन्जनमा मात्र १२ लाख ९० हजार बढी भुक्तानी गरेको महालेखा प्रतिबेदनमा उल्लेख भएको छ पालिकाले सोनाम ल्होसार मनाउन सन्त लाल लामालाई ५ लाख ७३ हजार बढी रकम पालिका बाट भुक्तानी गरेको छ यसरी राज्यको पैसामा पालिकाका केहि व्यक्तिको रजाई कहिले सम्म ?

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस