लिटर अनुदानमा किर्ते गरेका घिमिरेले बस्ति संरक्षणको नाममा समेत असुले

लिटर अनुदानमा किर्ते गरेका घिमिरेले बस्ति संरक्षणको नाममा समेत असुले

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ श्रावण २०८१, १०:३४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ श्रावण २०८१, १०:३४

ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका १ नम्बर वडा अध्यक्ष राम प्रसाद घिमिरे समेतको मिलिभगतमा बस्ति संरक्षणको नाममा समेत आर्थिक अनियमितता भएको पाहिएको छ । महाङ्काल गाउँपालिकाको १ नम्बरमा रहेको बुखेल थाली बस्ति संरक्षणको नाममा अनियमितता भएको हो । वडा अध्यक्ष घिमिरेले आफु वडा अध्यक्ष भए पछी आर्थिक वर्षको अन्त्य तिर हतपतको काम लतपत भने जस्तै बाहिरि मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाएर काम फत्ते गरेका थिए ।

बागमती प्रदेश सरकारले उपलब्ध गराएको १० लाख बजेटमा निर्माण भएको बुखेल- थली बस्ति संरक्षणमा काम कम, बिल भर्पाइ ज्यादा देखाएर वडा अध्यक्ष घिमिरेले आर्थिक अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन । उपभोक्ता समितिमा गैह उपभोक्तालाई अध्यक्ष बनाएर वडा अध्यक्ष राम प्रसाद घिमिरेले हालीमुहाली गरेको बस्ति संरक्षणको नाममा आफ्नै जग्गा जमिन संरक्षण गरेको समेत आरोप वडा अध्यक्ष घिमिरेलाई लाग्दै आएको छ ।

महाङ्काल गाउँपालिका ६ नम्बर वडा दुर्लुंग स्थाई बसोबास गर्ने धुर्व सत्याललाई महाङ्काल गाउँपालिका १ नम्बर वडा भित्रको बुखेल थली बस्ति संरक्षणको उपभोक्ता समिति अध्यक्ष बनाई वडा अध्यक्ष घिमिरेले आर्थिक अनियमितता गरेको स्थानीयको आरोप रहेको छ वडा अध्यक्ष घिमिरेले सार्वजनिक खरिद ऐन लाई समेत व्यवस्ता गर्दै काम सम्पन्न भएको सिफारिस गरि अनियमितता गरेको खुलेको छ ।

प्रदेश सरकार अन्तर्गतको १० लाख बजेटको कार्यमा वडा अध्यक्ष घिमिरेले बजेट हिसाबमा हेराफेरी गर्न आफु निकटकालाई उपभोक्ता समिति बनाई निकास निकालेका थिए । घिमिरेले उक्त थली बस्ति सरक्षणको उपभोक्ता समितिमा आफ्नै नातेदार नातिनी बुहारी कमला घिमिरेलाई कोषाध्यक्ष बनाएका थिए भने अनुगमन समितिमा आफ्नै जेठो छोरा नबिन घिमिरेलाई संयोजक बनाएका थिए । बस्ति सरक्षणको बजेट हिनामिना गर्न अनुगमन समितिमा वडा अध्यक्ष घिमिरेले आफ्नै दाई गुरु आधारभूत विद्यालयका शिक्षक् गोबिन्द प्रसाद घिमिरेलाई समेत अनुगमन समति सदस्य बनाएर हिसाब मिलानमा सहजता खोजेका थिए ।

प्रदेश सरकारको १० लाख बजेटवाट आफुलाई कमिसन निकाल्न वडा अध्यक्ष घिमिरेले उक्त निर्माण कार्यको सुचना बोर्ड समेत नराखी अन्तिममा बिल भरपाई बनाउनको लागि मात्र सुचना बोर्ड राखेको उपभोक्ता समितिका अध्यक्ष धुर्व सत्यालले बताउनु भयो । यति सम्मकी उपभोक्ता समितिलाई बजेट कंहा बाट आएको हो भन्ने सम्म थाहा भएको छैन ।

समितिका सचिब नरमान लाइ समेत बजेट कंहा वाट आएको हो थाहा हुन् सकेको छैन कसैलाई समेत जानकारी नगराई वडा अध्यक्ष घिमिरेले काम गरेका थिए । आफुलाई बजेट निकासा गर्न वडा अध्यक्ष घिमिरेले आफ्नै नातिनी कमला घिमिरे लाई कोषाध्यक्ष बनाए भने उपभोक्ता समितिमा बिल पास गराउन सजिलोको लागी कोषाध्यक्षकै श्रीमान डेल प्रसाद घिमिरेलाई समिति सदस्य बनाएका थिए । एकै परिवारका व्यक्ति एकै समितिमा राख्न वा बस्न नमिल्ने परिपाठीको समेत वडा अध्यक्ष घिमिरेले प्रसय दिएका थिए ।

प्रदेश सरकारले असली कृषकलाई वितरण गरेको दुग्ध लिटर अनुदानमा नक्कली किसानको नाम विवरण उतार गरि किर्ते हस्ताक्षर् गरि अनुदान असुली गरेका वडा अध्यक्ष राम प्रसाद घिमिरेले बस्ति सरक्षणको नाममा समेत आर्थिक हिनामिना गरेको खुलासा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस