ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद घिमिरे आफ्ना काला कर्तुत लुकाउन दैनिकी जसो नेताहरुको शरणमा पुग्ने गरेको उनि निकट श्रोतले बताएको छ । वडा अध्यक्ष घिमिरे बिस दिन देखि वडा कार्यालय समेत नगएको स्थानीयले बताएका छन स्थानीय भन्छन वडा अध्यक्ष घिमिरे आज बिस दिन भो वडा कार्यालयानै आउनु भएको छैन । वडा अध्यक्ष घिमिरेले वडामा वडा सदस्यहरु लाइ जिम्मेवारी दिएर आफुले गरेको आर्थिक अनियमितता लुकाउन पाटन केन्द्रित भएका हुन् ।
महाङ्काल गाउँपालिका वडा नम्बर १ कत्वनबेशीमा रहेको वडा अध्यक्ष घिमिरे आफै संचालक रहेको गोकुल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले फर्जी किसानको नाम डाटा तयार पारि आर्थिक वर्ष २०७८/०७९ को बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले उपलब्ध गराएको दुग्ध लिटर अनुदान कार्यक्रम अन्तर्गत घिमिरेले किर्ते हस्ताक्षर् गरि छ लाख चार हजार चार सय चौबिस रुपयाँ अनियमितता गरेको समाचार बाहिरीए पछी घिमिरे जनताको कामनै छोडेर आफुले गरेको अनियमितता जोगाउन लागि परेका हुन् ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु पालक कृषकको लागि टेवा पुग्ने उदेश्यका साथ बितरण गरेको लिटर अनुदान कार्यक्रम अनुसार आर्थिक बर्ष २०७८/०७९ को अनुदान वितरणमा ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नम्बर १ मा रहेको गोकुल दुग्ध उत्पादक सहकारी सस्थाको नाममा उपलब्ध गराएको लिटर अनुदान रकममा चरम आर्थिक अनियमितता भएको हो । वडा अध्यक्ष घिमिरेले उक्त अनुदान रकम वितरणमा फर्जी कृषकको नाममा अनुदान वितरण गरेका हुन् । अध्यक्ष घिमिरेले वितरण गरेको अनुदान रकम अन्तर्गत सबै किसान घिमिरे आफैका परिवार र नातेदार मात्र रहेको पाहिएको हो ।
दुग्ध लिटर अनुदानको नाममा राज्यको पैसा अनियमितता गरेका वडा अध्यक्ष घिमिरेले समाचार रोक्न र आफुले गरेको आर्थिक अनियमितता मिलाउन नेपाली कांग्रेस ललितपुरका नेता हरु संग गुहार मागेको तथ्य बाहिरिएको छ । घिमिरेले समाचार रोक्न पत्रकार देखि संघिय संसाद सम्म लाइ पापड बेल्ने काम गरि रहेको पाहिएको हो । अध्यक्ष घिमिरेले दुग्ध लिटर अनुदान कार्यक्रममा मात्र नभई गाउँमा किसानलाई वितरण गर्ने ७०/३० अनुदान कार्यक्रम अन्तर्गत भैसी अनुदान कार्यमा समेत हेराफेरी गरेको पाहिएको हो ।
बागमती एक्सप्रेस अनलाइनमा घिमिरेले गरेको आर्थिक अनियमितताको समाचार प्रकाशन भए पछी यो केस मिलाउन घिमिरेले साउन २२ गते नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति सुन्दरमान थिङ्गको पहलमा जिल्ला समन्वय समिति ललितपुरको कार्यालयमा बैठकनै बसेको थियो भने त्यस बैठक बाट पनि घिमिरेले गरेको आर्थिक अनियमितता काण्ड सामसुम नहुने भए पछी घिमिरे ललितपुरका एक संघिय सांसद मार्फत अनियमितता काण्ड मिलाउन सिफारिस गरिदिन भन्दै पुगेका थिए । ललितपुर कांग्रेसका केहि नेताले किन बचाउन खोजे किर्ते हस्ताक्षर गरि अनुदान कुम्लाउने वडा अध्यक्ष, राज्यको ढुकुटी नक्कली किसान खडा गरि स्वाह पार्ने लाइ ललितपुर कांग्रेसका केहि नेताले काखी च्याप्नु पर्ने के आइ लाग्यो ? जनताको चासो र चिन्ताको बिषय बनेको छ । राज्यको पैसामा किर्ते हस्ताक्षर् गरि नक्कली किसान तयार गरि आर्थिक अनियमिता गर्ने घिमिरेलाई कांग्रेसी हरुले कुन नैतिकताले जोगाउलान त्यो हेर्न बाकि नै छ ।










प्रतिक्रिया