हेटौँडा उपमहानगरपालिकाको शिक्षा निर्देशकको रुपमा सिताराम कोइराला हाजिर भए देखिने हेटौँडा उपमहानगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय एवं सस्थागत बिद्यालयमा निर्देशक कोइरालाले मनोपोली एकल निर्णय गर्दै आएको भन्दै जनप्रतिनिधि देखि विद्यालयका शिक्षक कर्मचारी समेतले बिरोध जनाउदै आएका हुन् ।
तिन हप्ता अघि हेटौँडा उपमहानगरपालिकाका १० वटा विद्यालयका विभिन्न तहका शिक्षक छनोटको प्रक्रिया वडाअध्यक्षहरुले रोकेका थिए । शिक्षक छनोट समितिमा विज्ञ छनोटको विषयलाई लिएर वडाअध्यक्षहरुले असन्तुष्टि जनाउँदै शिक्षक छनोट परीक्षा रोकेका थिए ।पटक- पटक बिबादित बन्दै आएका निर्देशक कोइरालाकै कारण उपमहानगरपालिकामा शिक्षाको बिषयमा लफडा हुँदै आएको छ । उपमहानगरपालिकाको सामाजिक विकास समिति संयोजक समेत लाई बाइपास गरि निर्देशक कोइरालाले उपमहानगरपालिकामा बैठकमा पेशनै नगरी आफ्नो इच्छा अनुसारको कार्य गर्दै आएको श्रोतको दाबि छ । शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापन कार्यविधिमा समेत निर्देशक कोइरालाले आफु खुशी गर्दै आएको आरोप लागेको छ ।
निर्देशक कोइरालाले बिषयगत बिज्ञ नियुक्ति गर्ने क्रममा पनि कुनै प्रक्रिया नतोकी आफ्नो मनमानी तरिकाले बिज्ञ नियुक्ति गरेको र तिनै विज्ञ भनिएका हरु बाट परिक्षा चलाउन खोजेको भन्दै बिबाद बढेको छ । एक जनप्रतिनिधि भन्छन शिक्षा निर्देशकले शिक्षा नियमावली बिपरित काम गर्दै आउनु भो बिषयगत शाखामा छलफल समेत नगरी शिक्षक् परिक्षा लिन खोज्नु भो यसमा निर्देशक ज्यु को के स्वार्थ रहेको छ उहाँले जानुन तर सिंगो उपमहनागरपालिकाको गरिमा घटाउने गरि केहि व्यक्ति स्वार्थमा लागेर उँहा काम गर्दै हुनुहुन्छ त्यसको उदाहरण शिक्षक् परिक्षाले प्रस्ट पारेको छ ।
शिक्षा निर्देशक कोइरालाले निजि बिद्यालय बर्गिकरणमा समेत एकाधिकार प्रयोग गरेको बर्गिकरणमा समेत चलखेल गरेको आरोप निजि बिद्यालय संचालक हरुले लगाउदै आएका छन बिबादित छबी भएका कोइरालाकै कारण उपमहानगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयको शैक्षिक् गतिबिधिमा समेत असर परेको शिक्षक् कर्मचारीको गुनासो रहेको छ । शिक्षक् छनोटको आफ्नै कार्यविधि रहेको भए पनि निर्देशक कोइरालाले कार्यविधि मिचेर आफ्नै व्यक्तिगत निर्णय अनुसार शिक्षक् छनोट परिक्षा लिन लागेको भन्दै जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन ।










प्रतिक्रिया